विद्याधर आचार्य महायोगी श्रीधर राणा रिम्पोचेले हजारौ वर्षदेखि प्रचलनमा रहेको वज्रयान परम्पराको आधारमा बुद्धधर्मका केही आधारभुत विशेषताका बारेमा चर्चा गरेका छन् । उनले भारतवर्षमा मुसलमानले बौद्ध धर्म र संस्कृतिमाथि आक्रमण गर्न थाले पछि बौद्ध विद्वानहरुले थुप्रै बौद्ध ग्रन्थ नेपाल ल्याएको पनि बताए । त्यतिबेला विकासको उत्सर्गमा पुगेको काठमाडौँ उपत्यकाका नेवारहरुले अवलम्वन गर्ने बुद्धधर्म अहिले घट्दै कर्मकाण्डमा सिमित हुँदै गएको प्रति राणा रिम्पोचेले दुख व्यक्त गरे ।
Share