गौतम बुद्धको जन्म नेपालमा भएको भन्दै देशविदेशमा विविध प्रचारात्म्क कार्यक्रम गर्दै हिडेका गायक धिरज राइले एम्बुलेन्समा स्टिकर टाँस्ने अभियान सुरु गरेका छन् । मंगलबार उनले भक्तपुर क्यान्सर अस्पतालमा ३ वटा एम्बुलेन्स र त्यहाँ चिकित्सकहरुको सवारीमा बुद्ध वाज बर्न इन नेपाल लेखिएको स्टिकर टाँसेका छन् ।

भक्तपुरबाट सुरु भएको एम्बुलेन्समा स्टिकर टाँस्ने अभियान बुधबारदेखि देशव्यापी बनाउने गायक राईले बताए ।
गायक राईले केही दिन अघि चितवनको सौराहामा रहेका करिब १०० हात्तीमा पनि यस्तै प्रकारको बुद्धको तस्वीर अंकित स्टिकर टाँसेका थिए ।

उपत्यकाको ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजसँग मिलेर १ हजार ट्याक्सीमा र पोखराको फेवातालको डुंगामा पनि उनले बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने सन्देश दिने स्टिकर टाँसिसकेका छन् ।



