आज २०७६ साल साउन महिनाको १९ गते आइतबारको दिन (छ्योइ खोर दुई छेन) अर्थात् प्रथम बुद्ध धर्म चक्र प्रबर्द्धन दिवस हो।
१. चार आर्य सत्य बुद्ध धर्म चक्र(बुद्ध वाणि) जुन सर्वज्ञा गौतम बुद्धले भारतको बोधगायामा बुद्धत्व प्राप्त गरे पश्चात् ४९ दिन पछि ब्राह्म,बिष्णु ,इन्द्र आदि इत्यादीको बिन्ती अनुरोधमा भारात कै बनारास स्थित मृगदा बन नामक बनमा पन्च बर्गिय भिक्षु हरुलाई पहिलो पटक धर्मचक्र प्रबर्द्धन गर्नु भएको थियोे।
फाग्पे देन्पा शि अर्थात चार आर्य सत्य हरु यस प्रकार रहेको छ।
(क)यहाँ दुख छ।
(ख)दुखको कारण छ।
(ग)दुखको कारण सर्वनाश हुन्छ।
(घ)दुखको कारण सर्वनाश गर्ने माध्यम छ।
दुखको कारण सर्वनास गर्ने उत्तम मार्ग नै आर्य अस्टाङ्गिक मार्ग हरु हो।
२.भारतको बोधगायामा बुद्धत्तो प्राप्त गरे पश्चात् उनन्चास दिन पछि ब्राह्म,बिष्णु,इन्द्र आदि इत्यादीको बिन्ती पहलमा सर्वज्ञा गौतम बुद्धले अफ्नो शिष्य कौनडन्य,वप्प,भद्दिय,महानाम र अस्सजित नामक पन्च बर्गिय भिक्षु हरु लाई प्रथम धर्म चक्र प्रबर्द्धन गर्नु भएको पबित्र बौद्ध तिर्थ स्थल नै यहीं बनारसको सरण नाथ नामक ऋषि पतन मृगदाबन भन्ने ठाँउमा हो।केही क्लिक हरु यहाँ हरुकै निमित्त अपडेट गरेको छु।दर्शन नमस्ते अनि ल्हस्सो फ्याफुल्ला गर्न नभुल्नु होला।।किनकि आज सोही ठाँउमा गौतम बुद्दले पहिलो धर्म चक्र प्रबर्द्धन गर्नु भएको दिन हो। जीवनमा अथवा मर्नु भन्दा अगाडि एक पटक पुग्नै पर्ने चार पबित्र बौद्ध तिर्थ स्थल अथवा चार धाम मध्येमा एक धाम पनि येहि हो।।

