सोलुखुम्बुको महाकुलुङ गाउँपालिका १, खिरौलेगाउँमा ४५ फिट अग्लो बोधिचैत्य (च्याङ् छ्युब छ्योर्तेन) निर्माण गरिएको छ । स्थानीयबासीको सकृयतामा ५५ लाख रुपैयाँको लागतमा उक्त चैत्यको निर्माण गरिएको हो । पर्यटकीय हिसाबले प्रवल सम्भावना बोकेको महाकुलुङ क्षेत्रमा धार्मिक दृष्टिकोणबाट पर्यटन प्रबर्द्धन गर्न स्थानीयबसीले आफ्नै पहलमा चैत्यको निर्माण गरेका हुन् । यस क्षेत्रमा रहेको २५ फिट अग्लो चैत्य भूकम्पले भत्काएपछि निर्माण हुन सकेको थिएन । लामो समयसम्म पुनःनिर्माण नभएपछि स्थानीयबासीको सकृयतामा चैत्य निर्माण गरेको नेपाल बौद्ध महासंघका अध्यक्ष आचार्य नुर्बु लामाले बताए । चैत्यको उद्घाटन नेपाल बौद्ध ङिङमा संघका अध्यक्ष एवं सेन्टक टुल्कु…
Read More