मादी गाउँमा गुम्बा उद्घाटन (फोटो फिचर)

कास्की जिल्लाको मादी गाउँपालिका २, ताङलिङस्थित नौ पैगी लामा महायान बौद्ध गुम्बा समुद्घाटन गरिएको छ । शुक्रवार श्रद्धेय गुरु स्याङ्पा रिन्पोछे ज्युबाट गुम्बा औपचारिकरुपमा उद्घाटन भएको हो । स्याङ्पा रिन्पोछेको विशेष उपस्थितिमा बरिष्ठ धर्म गुरुहरुबाट गुम्बाको प्राण प्रतिष्ठ (रब्ने) पूजा, अभिषेक प्रदान अनुष्ठान लगायतका कार्यक्रम भएको थियो ।

गुम्बा उद्घाटन कार्यक्रममा प्रमुख अथिति गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङका साथै मादी गाँउपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु सहित सयौँ श्रद्धालू भक्तजनहरु सहभागि थिए ।

Share

Related posts