नेपाल बौद्ध संघको आयोजनामा ध्यान शिविर र बौद्ध शिक्षा

नेपाल बौद्ध संघको आयोजनामा चैत ८ गतेदेखि ललितपुरमा बौद्ध शिक्षा तथा आना पाना ध्यान शिविर अभ्यास कार्यक्रमको शुरूवात भएको छ । ललितपुरको बागमती गाउँपालिका वडा न. ४ प्युटर टाशी छ्योतेन गुम्बामा बौद्ध शिक्षा तथा आना पाना ध्यान शिविर सुरु भएको हो ।

ध्यान शिविरमा नेपाल बौद्ध संघका खेन्पो लामा छुल्ठिमले प्रवचन तथा बौद्ध शिक्षा र आना पाना ध्यानको कक्षा सञ्चालन गर्नु भएको थियो । कार्यक्रम संयोजक काइला लामाका अनुसार स्थानीय बौद्ध धर्मावलम्वीले निकै उत्साहका साथ सहभागिता जनाइरहेका छन् ।

Share

Related posts