बुद्ध वचन अनुवाद समितिले नेपाली भाषामा अनुवाद गर्दै आएको प्रज्ञा पारमिताको काम अन्तिम चरणमा पुगेको छ । करिब ६ वर्षदेखि हुँदै आएको अनुवादको सम्पुर्ण काम सकिए पनि कुनै त्रुटि नहोस् भन्नका लागि पुनः एकपटक विज्ञहरु बसेर चेकजाँच गरेपछि मात्रै छपाईको काम गरिने बुद्ध वचन अनुवाद समिति नेपालका अध्यक्ष टीका शेर्पाले बताए ।
संस्कृत र तिब्बती भाषामा रहेका १६ ठेली प्रज्ञा पारमिता नेपालमा अनुवाद गरिएको हो । यी मध्ये एक ठेलीको अष्ट सहश्रिका प्रज्ञा पारमिता अनुवाद सकिएर प्रकाशन समेत भइ सकेको छ । बाँकी ३ ठेलीको पञ्चविंसति सहश्रिका प्रज्ञा पारमिता र १६ ठेलीको सत सहश्रिका प्रज्ञा पारमिता प्रकाशन गर्न बाँकी छ । अब सम्पुर्ण कार्य सकाएर प्रकाशन गरेर पाठकको हातमा पु¥याउन बढिमा एक वर्ष मात्रै लाग्ने अनुवाद समितिका अध्यक्ष शेर्पाले जानकारी दिए ।

प्रज्ञा पारमिता सुत्रलाई बौद्ध धर्मावलम्वीले गौतम बुद्धको सबैभन्दा उत्कृष्ट, गम्भिर र सत्य ज्ञानयुक्त उपदेशको संगह्र मान्छन् । यसमा बौद्धधर्मका सबैजसो प्रमुख सिद्धान्त, अवधारणा र शिक्षा संग्रहित गरिएको अनुवादकमध्येका एक खेन्पो निमा सिंगेले बताए । तेस्रो शताव्दीसम्म संस्कृत र आठौँ सताव्दीदखि भोट भाषामा रहेको प्रज्ञा पारमिता काठमाडौमा रञ्जना लिपिमा स्वर्ण अक्षरले लिपिवद्ध गरिएको छ ।
नेपालीमा अनुवाद भइरहेको प्रज्ञा पारमितालाई समितिका अध्यक्ष शेर्पाले ाष्ट्रिय गौरवको आध्यात्मिक परियोजना रहेको बताए ।

