पूर्वी नेपालको खोटाङ जिल्लास्थित रावावेशी गाउँपालिकाको मंगलवारे टोलमा विहार निर्माण गरिने भएको छ । त्यहाँ निर्माण हुन लागेको रावावेशी सुमंगल विहारको जग्गा अवलोकन र धर्मदेशना कार्यक्रममा लागि काठमाडौँबाट भिक्षु तिस्सको नेतृत्वमा एक टोली पुगेको छ ।
विहार निर्माणका लागि उपासक नरेन्द्र श्रेष्ठले २ रोपनी जग्गा दान गरेका छन् । बुधवार जग्गा दान गर्ने श्रेष्ठको जन्मोत्सवको अवसरमा अरुण भोजन, परित्राण पाठ आशीर्वाद , अनुमोदन देशना, दातब्य बस्तु दान तथा पुण्यानुमोदन लगायत गरिएको छ ।
Share