बौद्ध विहारलाई संग्राहलय बनाउन लागेको भन्दै विरोध प्रदर्शन

काठमाडौंको ऐतिहासिक भास्करदेव संस्कारित केशचन्द्र कृत परवर्त महाविहारमा संग्रहालय बनाउन लागेकोमा स्थानीय र संम्पदा प्रेमीले विरोध गरेका छन् । विहारलाई संग्रालय बनाउन लागेको भन्दै उनीहरुले शुक्रबार इन्द्रचोकमा विरोध प्रदर्शन गरे । इतुंबहाःमा अमेरिकाको रुबिन म्युजियम फर आर्ट्सले आजदेखि औपचारीक रुपमा संग्रहालय खोल्न लागेको छ ।

नेपाल मण्डलका बौद्ध विहारहरु आफैंमा एक जीवित संग्रहालय भएका कारण विदेशीलाई विहार भित्रै संग्रहालय खोल्न दिदा मौलिक सांस्कृतिक सम्पदामा गम्भिर असर पुग्ने उनीहरुको आरोप छ । रुबिन म्युजियमले २० हजार अमेरिकी डलर सहयोगमा इतुंबहाः महाविहारमा संग्रहालय खोल्न लागेको हो । अभियन्ताहरुले आव संग्रहालय उद्घाटन कार्यक्रम रोक्ने समेत जनाएका छन् ।

Share

Related posts