काठमाडौँको बौद्ध टुसालस्थित शेर्पा सेवा केन्द्रमा आयोजना गरिने भनिएको यस वर्षको बुद्ध जयन्ती विशेष कार्यक्रम स्थगित भएको छ । नेपालमा दोस्रो लहरको कोरोना संक्रमणको प्रभाव बढ्दै गएपछि सरकारले सरकारले लकडाउन गरेर सभासमारोह र ठूला कार्यक्रम नगर्न अनुरोध गरेपछि कार्यक्रम स्थगित गरिएको बुद्ध जयन्ती मूल आयोजक समितिका अध्यक्ष आङ दामी शेर्पाले बताउनु भयो ।
यस वर्षको २५६५ औँ बुद्ध जयन्तीको अवसरमा शेर्पा सेवा केन्द्रमा जेठ ८ गते विशेष कार्यक्रम गर्ने योजना बुद्ध जयन्ती मूल आयोजक समितिको योजना रहेको थियो । विज्ञप्ति जारी गर्दै आयोजक समितिका महासचिव आङ पेम्बा शेर्पाले यस वर्षको बुद्ध जयन्ती सबैले घरबाटै सुरक्षितरुपमा मनाउन आग्रह गर्नु भएको छ । अघिल्लो वर्ष पनि कोरोना संक्रमणका कारण बुद्ध जयन्ती कार्यक्रम स्थगित गरिएको थियो ।

