२९ कार्तिक,काठमाडौं: नेपालमा बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत र पुनःस्थापनाका लागि अन्तर्राष्ट्रिय बौद्ध समुदायले आर्थिक सहयोग उपलब्ध गराएको छ । भियतनाम बौद्ध सङ्घ र नेपालका ड्रुक्पा कुङ्फु भिक्षुणीहरूको संस्थाले संयुक्त रूपमा १ करोड ७१ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेका हुन् । बौद्ध धर्मको करुणा, मैत्री र परोपकारको भावनालाई व्यवहारमा उतार्दै विपत्तिमा परेका नेपाली नागरिकलाई सहयोग गरिएको हो । उपलब्ध विवरणअनुसार भियतनाम बौद्ध सङ्घले १ करोड ५० लाख रुपैयाँ र ड्रुक पेमा कार्पो संस्थाले २१ लाख रुपैयाँ सहयोग गरेका छन् । दुवै संस्थाबाट प्राप्त रकम…
Read MoreDay: November 15, 2026
लुम्बिनीमा अन्तर्राष्ट्रिय त्रिपिटक वाचन, १८ देशका ७०० भन्दा बढी बौद्ध धर्मावलम्बी सहभागी
२९ कात्तिक, काठमाडौं: भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय त्रिपिटक वाचन कार्यक्रम सुरु भएको छ । मायादेवी मन्दिर परिसरमा नोभेम्बर १४ देखि सुरु भएको तीनदिने कार्यक्रममा विभिन्न १८ देशका करिब ७०० भिक्षु, भिक्षुणी, लामा, आनी तथा बौद्ध धर्मावलम्बी सहभागी भएका छन् । नेपालमा पहिलोपटक आयोजना गरिएको यस कार्यक्रमले लुम्बिनीलाई अन्तर्राष्ट्रिय बौद्ध आध्यात्मिक गतिविधिको केन्द्रका रूपमा थप स्थापित गर्ने अपेक्षा गरिएको छ । कार्यक्रममा बौद्ध धर्मका प्रमुख ग्रन्थ त्रिपिटकमा समेटिएका बुद्धका उपदेश, दर्शन तथा शिक्षाहरू सामूहिक रूपमा वाचन गरिँदैछ । त्रिपिटकलाई बौद्ध धर्मको आधारभूत धर्मग्रन्थ मानिन्छ । यसमा बुद्धका प्रवचन, भिक्षु…
Read Moreविश्वशान्तिका लागि तीन देशका २०० बौद्ध प्रतिनिधिको सामूहिक प्रार्थना
२९ कार्तिक काठमाडौं: दक्षिण कोरियाको ऐतिहासिक बुल्गुक्सा बौद्ध मन्दिरमा कोरिया, चीन र जापानका करिब २०० बौद्ध प्रतिनिधिहरूले विश्वशान्ति, आपसी सद्भाव र मानव कल्याणको कामना गर्दै सामूहिक प्रार्थना गरेका छन् । तीन देशका बौद्ध समुदायबीच धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो । २६औँ कोरिया–चीन–जापान बौद्ध मैत्री आदानप्रदान सम्मेलनअन्तर्गत आयोजित कार्यक्रममा तीनवटै देशका बौद्ध धर्मगुरु, भिक्षु, बौद्ध संस्थाका प्रतिनिधि तथा धार्मिक अभियन्ताहरूको सहभागिता रहेको थियो । सम्मेलनले एसियाली बौद्ध परम्पराको साझा विरासतलाई संरक्षण गर्दै आपसी सम्बन्ध विस्तार गर्ने अवसर प्रदान गरेको छ । कार्यक्रममा…
Read More