अन्तर्राष्ट्रिय बौद्ध समुदायको आकर्षण बन्दै लुम्बिनी, पर्यटकको चहलपहल बढ्दै

२८ कात्तिक, काठमाडौं: भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा पछिल्लो दुई सातादेखि सञ्चालन भएका अन्तर्राष्ट्रिय बौद्ध प्रार्थना, धार्मिक अनुष्ठान तथा धर्मशिक्षासम्बन्धी कार्यक्रमले धार्मिक पर्यटनमा नयाँ उत्साह थपेको छ । विभिन्न देशबाट आएका भिक्षु, भिक्षुणी, बौद्ध धर्मगुरु, अध्येता तथा श्रद्धालुहरूको उपस्थितिले लुम्बिनीको धार्मिक तथा सांस्कृतिक वातावरण थप जीवन्त बनेको छ । लुम्बिनीमा पछिल्लो समय विश्वशान्ति मोन्लम प्रार्थना, तक्लुङ काग्यु राष्ट्रिय महाप्रार्थना महोत्सव र दोस्रो अन्तर्राष्ट्रिय बुद्धवचन पाठजस्ता महत्वपूर्ण कार्यक्रम आयोजना भएका छन् । यस्ता कार्यक्रमले बुद्धको शान्ति, करुणा, मैत्री र अहिंसाको सन्देशलाई अन्तर्राष्ट्रिय समुदायमाझ पुर्‍याउनुका साथै लुम्बिनीलाई विश्व बौद्ध समुदायको साझा आध्यात्मिक…

Read More