श्रद्धेय गुरु छोग्याल रिन्पोचेको जन्मदिनको अवसर पारेर फर्पिङमा महामुद्रा हल उद्घाटन गरिएको छ । सोमवार उद्घाटन गरिएको महामुद्रा हल बाँस, माटो लगायतका स्थानीय सामग्रीको प्रयोग गरेर मौलिक तरिकाबाट निर्माण गरिएको छ । यो हलमा गहिरिएर ध्यान साधना गर्न चाहने रेपा कार्यक्रम अन्तर्गतका साधक÷साधिकाले आवासीय सुविधासहित प्रयोग गर्न पाउने छन् ।
हल उद्घाटनपछि छोग्याले रिन्पोछेले सम्पुर्ण दाताहरु, हल निर्माणमा खटिएका श्रमिक तथा स्वयंसेवक तथा हल डिजाइन गर्ने इन्जिनियरहरुलाई धन्यवाद ज्ञापन गर्नु भयो ।
Share