प्रज्ञापारमिता च्योद् पूजा नेपालीमा सार्वजनिक

ललितपुरको पद्मवर्ण महाविहारमा शनिवार तेस्रो कर्मपा राङख्युक दोर्जेले रचना गर्नु भएको छोग्ले रिन्छेन ट्रेड्वा च्योद प्रज्ञापारमिता पूजा च्योद संग्रहको रत्नमाला पूजा विधि सार्वजनिक गरिएको छ । सर्वसाधारणले सरल नेपाली भाषामा पनि अध्ययन गर्न रुची देखाएपछि नेपाली भाषामा अनुवाद गरि प्रकाशित गरिएको छ । पद्य शैलीमा रचना गरिएको यस साधना अनुवाद गर्ने क्रममा गाह्रो संस्कृत शब्दको साटो सकेसम्म सरल शब्दहरू प्रयोग गरी पाठक सुहाउँदो बनाउने प्रयत्न गरिएको अनुवादक टिमका भिक्षु कर्मा ताशीले बताउनु भयो ।

अनुवादित पुस्तकलाई तिब्बती अक्षर पढ्न नजान्ने तर तिब्बती भाषा बुझ्नेहरुलाई सहज होस् भनेर देवनागरी लिपीमा तिब्बती भाषामै पनि प्रकाशित गरिएको छ ।

पुस्तक विमोचन कार्यक्रममा टुल्कु ज्याम्पाल दोर्जे सहित ललितपुर महानगरका प्रमुख चिरी बाबु महर्जन, वडा ६ का वडा अध्यक्ष रुपेन्द्र शाक्य, वडा ७ का वडा अध्यक्ष कुल बहादुर महर्जन, वडा ८ का वडा अध्यक्ष बाबु रत्न महर्जन, लुम्बिनी विकास कोषका सदस्य राजेश शाक्य लगायत उपस्थित थिए ।

Share

Related posts