रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ४ स्थित डिंगरनगरस्थित अन्तराष्ट्रिय बुद्ध परियत्ती उदय विहारमा १० दिने दुर्लभ प्रवज्या सुरु भएको छ । विहारमा कात्तिक ५ गतेदेखि दुर्लभ प्रवज्या सुरु भएको विहारका प्रमुख भिक्षु ज्ञानेन्द्रले जानकारी दिए । दुर्लभ प्रवज्याका सहभागि कात्तिक ४ गते नै विहारमा जम्मा भएका थिए । १० दिने दुर्लभ प्रवज्यामा श्रामणेर प्रवज्या, उपसम्पदा, भिक्षु दीक्षा लिने, ध्यानको अभ्यास, धर्म उपदेश श्रवण गर्ने, भिक्षाटान र शान्ति पदयात्रा लगायत गरिने विहारका प्रमुख भिक्षु ज्ञानेन्द्रले बताए । यसपटक कोरोना संक्रमणका कारण प्रवज्यामा सहभागि हुनेको संख्या केही कम भएको छ । यो…
Read MoreMonth: October 2020
बौद्ध धर्मावलम्वीका लागी विजयादशमीको महत्व के छ ?
असत्यमाथि सत्यको विजय अर्थात आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको खुशियालीमा मनाइदै आएको बडा दशैंको आज महत्वपुर्ण दिन विजयादशमी हो । आज मान्यजनको हातबाट टीका लगाउँदै आशिरवाद लिने चलन छ । बडा दशै हिन्दु धर्मावलम्वीका लागि सबैभन्दा ठूलो चाड हो । बडा दशै अर्थात विजयादशमी बौद्ध धर्मावलम्वीका लागि पनि विशेष मानिन्छ । इतिहास हेर्ने हो भने विजयादशमी बौद्धमार्गीका लागि पनि महत्वपुर्ण छ । बौद्ध धर्ममा विजयादशमीलाई अहिंशात्मक पर्वको रुपमा रहेको छ । मौर्य सम्राट तथा बौद्ध धर्मका सबैभन्दा ठूला प्रचारक अशोकले विजयादशमीकै दिन सम्पुर्ण शस्त्र अस्त्र र हिंशात्मक गतिविधि त्यागेर बौद्ध…
Read Moreयो वर्ष दशैमा भक्तपुरको तलेजु मन्दिरमा बलिरहित पूजा
भक्तपुरको तलेजु मन्दिरमा आज बलिरहित पूजा सम्पन्न गरिएको छ। हरेक वर्ष बडादसैँको फूलपातीको दिन तलेजुमा ५४ बोका, ३२ राँगो र ३२ हाँस बलि दिने गरिए पनि यस वर्ष भने बलि नदिई पूजा गरिएको मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए। तलेजुमा राजोपाध्याय, जोशी र कर्माचार्य पूजारीले नरिवल र हाँसको अण्डा चढाएर पूजा गरेको उनले जानकारी दिए। गुठी संस्थानका खर्चमा हुने वर्षौँदेखि चल्दै आएको बलि दिने परम्परा यस वर्ष कोरोना भाइरस सङ्क्रमणका कारण रोकिएको हो। तलेजुलाई मूल चोकको दसैँघरमा विराजमान गराउने वर्षौँदेखिको परम्परासमेत रोकिएको छ। यस वर्ष तलेजुलाई मूल घरबाट बडादसैँ घर नलगिएको…
Read Moreगौतम बुद्धको प्रभावशाली उपदेश : कर्म अनुसारको फल
एक दिन गौतम बुद्धको शरणमा एउटा युवक अति नै दुःखी हुँदै आएछ। अनि बुद्धले सोध्नुभएछ, “के भयो?” त्यस युवकले भने, “हजुर, हिजो मेरा पिताको मृत्यु भयो । त्यसैले आज हजुरसँग एउटा अनुरोध गर्न आएको, जब कुनै साधारण पुजारीले अन्तिम संस्कार गर्दछ, तब आत्मा स्वर्गमा पुग्ने मौका पाउँदछ । हजुर त महान् हुनुहुन्छ, हजुर जस्तोले मेरा पिताको संस्कार गरिदिनुभयो भने, उहाँले स्वर्गमा पुग्ने मौका मात्र होइन सायद स्वर्गमै सदा बस्ने मौका पाउनुहुन्छ होला । त्यसैले प्रभु ! बिन्ती छ, मेरा पिताको लागि यत्ति गरिदिनुहोस् । युवक अति नै दुःखी अवस्थामा थिए,…
Read Moreदोमाङ पाठ गर्ने क्रम बढ्दो, बेलायती सेनाका कप्तानले गरे ११ औं पटक पाठ
महायानी बौद्ध परम्पराको प्रमुख धार्मिक ग्रन्थको रुपमा लिइने दोमाङको नेपाली अनुवाद खेन्पो वागिन्द्र शील र गुहेश्वरी मानन्धरले गर्नु भएको हो । गौतम बुद्धले विभिन्न स्थानहरुमा तन्त्र र सुत्रको रुपमा देशना गर्नु भएको वचनहरुको संगालो हो दोमाङ एकदमै पवित्र मानिन्छ । भोट भाषामा रहेको दोमाङलाई बागिन्द्र शीलले नेपालीमा अनुवाद गरेपछि यसको महत्व र विशेषताको बारेमा नेपालभित्र अझ विशेष चर्चा हुन थालेको हो । २५ सय पृष्ठको अनुवादित दोमाङ ९ किलोग्राम वजनको रहेको छ । हाल अष्ट्रेलियाको मेलवर्नमा बस्दै आएका बेलायती सेनाका कप्तान विजय गुरुङले दोमाङ १० पटक पाठ गरी अहिले ११…
Read Moreबज्रयान के हो ? बुद्ध के हाे ?
बज्रयान तिव्बतका आफ्ना निजी मौलिक धर्म होईन र यो कुनै लामाबवाद पनि होईन । यस कलियुगमा लोप, मोह र क्लेशले अति विक्षिप्त अन्धकारमा अर्थहीन कर्ममा रूमलिरहेका अति व्यस्त मनुष्य लगायत समस्त जगत प्राणिहरूलाई सर्वप्रकारम् जगतहिताय अर्थात् उपाय कौशल्य महाकरूणा र महाप्रज्ञाको व्यवहारिक र अति सरल माध्यमद्वारा चाँडो भन्दा चाँडो बुद्धत्व प्राप्त गर्ने मार्ग विशेषता भएको बुद्धको ज्ञान नै वज्रयान हो यसलाई गुह्ययान,तन्त्रयान र मन्त्रयान मार्ग पनि भनिन्छ । यो यान विशेष अति तिक्ष्ण बुद्धि वा ईन्द्रिय क्षमता भएको पुद्गल व्यक्तिहरूका लागि हो जो एकै जुनिमा बुद्ध प्राप्त गर्न सक्ने क्षमता…
Read Moreडोल्मा अर्थात तारादेवी
ཨོཾ་ཏཱ་རེ་ཏུཏྟཱ་རེ་ཏུ་རེ་སྭཱ་ཧཱ། ओं तारे तु त्ता रे तुरे स्वाहा ।। डोल्मा अर्थात् आर्य-तारा देवि महयानी बौद्ध धर्ममा अतिनै लोकप्रिय आर्य- देवी हुनुहुन्छ । धेरै ठूलो त्याग समर्पण तथा ध्यान-साधना बाट उहाँ मान्य हुनुहुन्छ । रिस आरिष घमण्ड लोभ र अज्ञानता पुर्णतः त्यागी सकेको हुनुहुन्छ । उहाँ आर्य-तारा देवी पनि एक उदाहरणीय हुनुहुन्छ अनि सबैको पुज्य हुनु पनि हुन्छ । बिशेष गरेर यी पञ्चविष ; रीस लोभ आदि त्यागेको चित्त क्रमश प्रज्ञा एवम् ज्ञान कायमा रुपान्तरण हुने हुदा स्वाभाविकरुपले यस्तो ज्ञान कायमा दया करुणा सम्मानता आदिको उदय हुन्छ यस्तो दया करुणा पनि…
Read Moreबौद्ध धर्म यसरी ब्यापक र विश्वव्यापी बन्यो ?
अशोकले बुद्ध धर्मको प्रचारमा सर्वाधिक महत्वपूर्ण योगदान गरेको विवरण पाइन्छ । आफुले बौद्ध धर्म धर्म ग्रहण गरे पछि उनले आफ्ना सबै छोरा छोरीलाई बुद्धका उपदेश प्रचार गर्न चारैतिर पठाए । बौद्ध धर्मलाई राजकीय धर्म बनाएर बौद्ध विहार बनाउने, भिक्षुसंघलाई राजकीय सम्मान प्रदान गर्ने कार्य गरे । यस बाट बुद्ध धर्मको उत्थान हुन गयो । परवर्ती कालमा हिन्दु पण्डितहरुलाई शास्त्रार्थ गरेर हराउने परम्परा बस्यो । फलस्वरुप बौद्ध धर्ममा तार्किकताका सिद्धान्त विकसित भए । वैभाषिक, शून्यवाद इत्यादि दर्शनको विकास गर्न पछिल्ला बौद्ध अनुयायीहरुको योगदान रहेको छ । वैदिककालमा विषेश गरि दुई प्रकारको…
Read Moreगौतम बुद्धका ९ सन्देश, जुन आधुनिक युगका लागी अत्यन्तै उपयोगी छन्
आधुनिक युगसँगै हामीहरू आफूलाई पनि आधुनिक ठान्ने गर्छौँ, तर के हाम्रो सोँच, विचार अनि नैतिकताले हाम्रो आधुनिकता झल्काउँछ? छैठौँ शताब्दीमा जन्मेर पनि बुद्धले आधुनिकतालाई चिनेका थिए, मानिसको जीवनको अर्थ र मूल्यलाई बुझेका थिए। हो, उनी राजदरबारमा जन्मिए, उनले चाहेको भए आफ्नो सारा जीवन राजविलासको भोगमा बिताउन सक्थे। तर उनले त्यसो गरेनन्, सुखै सुखमा बाँच्न पाउने मौकालाई त्यागेर उनले दुःखको पहिचान गर्न दरबार छाडे। कति हण्डर खाए, कति पीडा सहे अनि बल्ल उनले संसारको रितीलाई बुझे, दुःख र दुखाईलाई नजिकैबाट नियाले अनि एउटै ठाउँमा पनि मानिसको विचार र शैलीको भिन्नतालाई महशुस…
Read Moreसोलुको सल्लेरीमा विश्व शान्तिको कामना गर्दै जिन्सेग पूजा सम्पन्न (फोटो फिचर)
हाल विश्वमा फैलिरहेको महामारी कोभिड १९ को प्रकोपबाट बच्ने कामना सहित विभिन्न दैवीप्रकोप, हिंशा लगायतबाट मुक्ति पाउन शक्ति मिलोस् भनेर विशेष पूजाआजा गरिएको छ । सोलुखुम्बुको सोलु दुधकण्ड नगरपालिकामा आयोजित कोन्छोग चिदु रत्न समूच्छ्यको पूजा र जिन्सेग होम पूजा परम पुजनीय धर्मगुरु पेमा थर्छिन रिन्पोछे ज्यूको प्रमुख आतिथ्यतामा बौद्ध धर्म र संस्कार अनुसार गरिएको थियो । पूजामा नगरबासीको ठूलो सहभागिता रहेको थियो । फोटो सौजन्यः ल्हाक्पा शेर्पा भिजे
Read More