महिना: सेप्टेम्बर 2019
बौद्धनाथ स्तुपमा चिनियाँ लामा पक्षधर र बौद्ध घ्याङ गुठीबीच झडप
बौद्धनाथ स्तुपमा चिनियाँ लामा भूपति पक्षधर र बौद्ध घ्याङ गुठीबीच शनिबार झडप भयो । बौद्धनाथ स्तुपभित्र आयोजना गरिएको क्षमापूजा तथा दीप प्रज्ज्वलन कार्यक्रम बिथोल्न पुगेका गुठीका समर्थक र पूजा आयोजक चिनियाँ लामा पक्षधरबीच झडप भएपछि बौद्ध क्षेत्र तनावग्रस्त भएको थियो । झडप बढ्दै गएपछि घटनास्थलमा प्रहरी पुगेको थियो । पूजा बिथोल्न गएकाहरुले चर्को नाराबाजी गरेपछि प्रहरीको कडा सुरक्षामा लामा गुरुहरुले पूजा गराएका थिए ।
Read Moreयुवक बौद्ध मण्डल ५० वर्षमा, विभिन्न कार्यक्रम गरी मनाइने
युवक बौद्ध मण्डल नेपालको स्थापनाको ५० औं बर्ष पुगेको अवसरमा वर्ष भरि नै विविध कार्यक्रम गरी मनाइने भएको छ । स्वर्ण महोत्सव मनाउने कार्यक्रमको शुभाराम्भ शनिबार थेरवाद, बज्रयान र महायान सम्प्रदायका भिक्षुहरुबाट मैत्री तथा मंगल पाठ लगायत गरिएको थियो । कार्यक्रममको अन्त्यमा ज्ञानमाला भजन प्रस्तुत गरिएको थियो । स्वयम्भू ज्ञानाला भजन संघ, हिरण्यवर्ण महााविहार तारेमान संघ, सुनागुथि ज्ञानमाला भजन संघ, ज्ञानोदय ज्ञानमाला भजन खल रत्नाकार महाविहार हबाहा समूहले भजन प्रस्तुत गरेका थिए ।
Read Moreरामग्राम स्तूपलाई विश्वसम्पदा सूचीमा समावेश गर्न माग
भगवान् गौतमबुद्धको सिङ्गो अस्तुधातु रहेको एकमात्र स्थल रामग्राम स्तूपलाई विश्वसम्पदा सूचीमा समावेशका लागि पहल गर्न यहाँका स्थानीय तथा सरोकारवालाले नेपाल सरकारसँग माग गरेका छन् । गौतमबुद्धको जन्मस्थल लुम्बिनीपछि दोस्रो महत्वपूर्णस्थलका रुपमा रहेको रामग्राम क्षेत्रमा आवश्यक विकासका पूर्वाधार अभावमा ओझेलमा परेकाले नेपाल सरकारले पहिलो प्राथमिकता दिएर विश्वसम्पदा सूचीमा समावेश गर्न पहल गर्नुपर्नेमा जोड दिइएको हो । विश्व सम्पदामा सूचीकृत भएपछि यहाँको विकासले फड्को मार्ने विश्वास उनीहरुको छ । विश्व पर्यटन दिवसका अवसरमा पश्चिम नवलपरासीको रामग्राम स्तूपमा नेपाल पर्यटन पत्रकार महासंघ जिल्ला शाखा नवलपरासीले आज आयोजना गरेको ‘रामग्राम स्तूपको विकास र पर्यटन…
Read Moreबौद्धमा मणि जप र प्राणीधान मोन्लाम हुने
काठमाडौँको बौद्ध स्तूप परिसरमा मणि जप र प्राणीधान मोन्लाम पूजा आयोजना गरिने भएको छ । दोल्पो ञिन ओग्र्यन छवेईङ येशे रिन्पोचेको नेत्तृत्वमा हुने पूजा असोज २१ देखि २३ गतेसम्म जारी रहने छ । विहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने पूजामा बौद्ध दर्शन सम्बन्धी प्रवचन तथा सम्पुर्ण जगतका प्राणीको हित र शान्तिको कामना गरिने आयोजक बौद्ध दर्शन विस्तार सेवा समाजले जनाएको छ । कार्यक्रममा दिउँसो ३ बजेदेखि छेवाङ अर्थात आयु अभिषेक गरिनेछ ।
Read Moreअसोज १५ गतेदेखि उदय विहारमा १० दिने दुर्लभ प्रवज्या सुरु
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ४ स्थित डिंगरनगरस्थित अन्तराष्ट्रिय बुद्ध परियत्ती उदय विहारमा १० दिने दुर्लभ प्रवज्या आयोजना गरिने भएको छ । दुर्लभ प्रवज्यामा सहभागि हुने चाहनेले असोज १४ भित्र विहारमा उपस्थित भई सक्नु पर्ने विहारका प्रमुख भिक्षु ज्ञानेन्द्रले बताए । उक्त दुर्लभ प्रवज्यामा असोज १५ गतेदेखि २५ गतेसम्म श्रामणेर प्रवज्या, १६ गते उपसम्पदा भिक्षु दीक्षा लिने, ध्यानको अभ्यास, धर्म उपदेश श्रवण गर्ने, भिक्षाटान र शान्ति पदयात्राको कार्यक्रम रहेको छ । २६ गते पूर्णिमाको तिथिमा ३ महिने वर्षावास समापनसँगै दुर्लभ प्रवज्या सम्पन्न हुनेछ ।
Read Moreनकारात्मक सोचलाई कसरी सकारात्मक सोचमा परिवर्तन गर्ने ।
रुसले बनायो युरोपकै सबैभन्दा अग्लो बुद्धको मुर्ती, त्यो पनि सुनैसुनको !
रूसले बुद्धको विशाल बुद्ध मुर्ती बनाएको छ । सुनको यो बुद्धमुर्तीलाई युरोपकै सबैभन्दा अग्लो भनिएको छ । पश्चिम् रुसको काल्मिकिआ क्षेत्रमा बनेको बुद्ध मुर्ती साढे १२ मिटर अग्लो र ३० टन तौलको भएको रसीया टुडेले जनाएको छ । आइतबार २ हजार हाराहारी सहभागी एक समारोहमा “शाक्यमुनी बुद्धको स्वर्ण मुर्ती“ अनावरण गरिएको समाचारमा जनाइएको छ । करीब २ लाख ७५ हजार जनसंख्या भएको काल्मिकिआ क्षेत्र बौद्ध धर्मवालम्बी बाहुल्य क्षेत्र हो । इटहरीका पर्यटनकर्मी सुनिल भुसालले नेपाल भ्रमण बर्ष आउँदै गर्दा युरोपमा बुद्धको विशाल मुर्ती बन्नुले सकारात्मक सन्देस दिने बताए । उसले…
Read Moreडोल्पाका गुम्बामा चोरीको त्रास
माथिल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिका धोस्थित झ्याम्पा गुम्बाको बहुमूल्य सामग्री स्थानीयले घरमा लगेर राख्छन्। १४ औं शताब्दीमा स्थापना गरिएको गुम्बाका सामान चोरी हुने डरले स्थानीयले सहमतिमै घरमा राख्ने गरेका हुन्। विशेष पूजा वा अन्य समारोहमा भने ती सामग्री गुम्बामै लगिन्छ। कार्यक्रम सकिएपछि फेरि घरमै फर्काइन्छ। सोही गाउँपालिकाको सेरिङ गुम्बाको बहुमूल्य बुद्धमूर्ति र अन्य धातु पनि गाउँलेले घरमा राखेका छन्। गुम्बा सुरक्षाका लागि प्रहरी प्रशासनलाई बारम्बार ताकेता गर्दा चासो नदिएपछि ती सामग्री घरमा राख्नुपरेको स्थानीयको गुनासो छ। बहुमूल्य सामग्री चोरी हुने आशंकामा घरमा लगेर राखिएका यी दुई गुम्बा उदाहरण मात्र हुन्। यहाँका…
Read MorePadmasambhava, Lotus Born Guru
Padmasambhava, also known as Guru Rinpoche, Lotus born Guru, is very prominent historical figure worshiped as deity in Tibetan Buddhism. In the middle of the eighth century AD, the Tibetan king Thi-Sron Detsan sent to India inviting the learned guru Padmashambhava to come to Tibet. Padmasambhava was renowned for his knowledge of dharani [mystical sentences] and of their efficacious application, and was warmly welcomed. He remained fifty years in the country, founding monasteries, and teaching the Tantra-Yogacarya doctrine. He is said to have subdued all the malignant gods in Tibet,…
Read More