असोज १५ गतेदेखि उदय विहारमा १० दिने दुर्लभ प्रवज्या सुरु

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ४ स्थित डिंगरनगरस्थित अन्तराष्ट्रिय बुद्ध परियत्ती उदय विहारमा १० दिने दुर्लभ प्रवज्या आयोजना गरिने भएको छ । दुर्लभ प्रवज्यामा सहभागि हुने चाहनेले असोज १४ भित्र विहारमा उपस्थित भई सक्नु पर्ने विहारका प्रमुख भिक्षु ज्ञानेन्द्रले बताए ।

Ven. Gyanedra

उक्त दुर्लभ प्रवज्यामा असोज १५ गतेदेखि २५ गतेसम्म श्रामणेर प्रवज्या, १६ गते उपसम्पदा भिक्षु दीक्षा लिने, ध्यानको अभ्यास, धर्म उपदेश श्रवण गर्ने, भिक्षाटान र शान्ति पदयात्राको कार्यक्रम रहेको छ । २६ गते पूर्णिमाको तिथिमा ३ महिने वर्षावास समापनसँगै दुर्लभ प्रवज्या सम्पन्न हुनेछ ।

Share

Related posts