दशैमा बलि दिइने पशुपक्षिको आत्माको चिरशान्तिको लागि ‘मानिबुम पूजा’

हेलम्बु — दसैंमा हिन्दु धर्मावलम्बीले देवीदेवतालाई बलि दिने गर्छन् । मासुका लागि खसी, च्यांग्रा, भेडा नपाइने घरै हुँदैनभन्दा फरक पर्दैन  । शक्तिपीठमा घटस्थापनाबाटै पशु बलि दिइन्छ । तर, हिमाली गाउँको पर्यटकीय क्षेत्र हेलम्बुको हयोल्मो समुदायले भने दसैंमा मारिने पशुआत्माको चिरशान्तिको कामना गर्दै ‘मानिबुम’ पूजाको सुरु गरेको छ । दसैंमा बलि दिइने पशुहरूको मुक्तिको कामना गर्दै ह्योल्मो समुदायले बस्तीका गुम्बाहरूमा चारदिने पूजा गर्छन् । हेलम्बुमा बलि पूजा निषेध गरिएको मात्र होइन सामान्य अवस्थामा पनि पशुवध गर्न पनि दिइँदैन । हेलम्बु जाने पर्यटकका लागि होटलहरूमा पनि मासु पाक्दैन । पशुबलि हिंसा भएकाले उनीहरू पूजा र जप गरी दसैं…

Read More

बौद्ध दर्शनको महत्व बुझेर अनुशरण गर्न लामा गुरुहरुको आग्रह

नेपाल बौद्ध संघको आयोजनामा आइतबार ललितपुरमा लामाहरुको भेला भएको छ । भेलामा संघमा आवद्ध सम्पुर्ण लामा सदस्यहरु सहभागि थिए । ललितपुरको बालकुमारी गुम्बामा भएको भेलामा धर्मदेशना तथा बौद्ध धर्म तथा संस्कारको पछिल्लो स्थितिको बारेमा छलफ गरिएको थियो । प्राचीनकालदेखि नै नेपालको मौलिक र प्रमुख धर्मको रुपमा रहँदै आएको बौद्ध धर्मले पछिल्लो समय जटिल परिस्थितिको सामना गरिरहेको विषयमा समेत भेलामा छलफल गरियो । अहिले विश्वका धेरै देशमा बौद्ध दर्शनको पालना र अनुशरण गर्नेहरुको संख्यामा बृद्धि भइरहदाँ नेपालमा भने बौद्ध दर्शनको मर्मलाई वेवास्ता गरिदै गएकोमा भेलामा सहभागि लामा गुरुहरुले चिन्ता व्यक्त गरेका…

Read More

अखिल नेपाल भिक्षु महासंघको साधारण सभा सम्पन्न

अखिल नेपाल भिक्षु महासंघको २०७६ सालको साधरणसभा आनन्द कुटि बिहारमा सम्पन्न भयो । बिहान ९ बजे सुरु भएको साधारणसभा प्रमुख अतिथि नेपालका सातौ संघनायक डा. ज्ञानपुर्णिक महास्थवीरले बुद्ध प्रतिमामा दीप प्रज्वलन गरि बुद्ध पूजा तथा दशधम्म सुत्रपाठ गर्दै सुरु भएको थियो । संघनायकले संघका सदस्यहरुलाई धर्म बिनयको पालन गरि बुद्ध धर्मको प्रचार गर्न सके समय समयमा हुने यस्ता संघ भेला सुखदायी हुने बताए । अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष मैत्री महास्थवीरको सभापतित्वमा सम्पन्न कार्यक्रम संघका महासचिव राहुल महास्थवीरले सञ्चालन गरेका थिए । कार्यक्रममा संघका उपाध्यक्ष सुमेध महास्थवीरले स्वागत मन्तव्य, महासचिव…

Read More

निग्लिहवामा भाद्र पूर्णिमा उत्सव

लुम्बिनी भ्रमण वर्ष २०७६ कार्यक्रमअन्तर्गत बुद्धको जीवनीसँग महत्वपूर्ण मानिएका मासिक पूर्णिमा अन्तर्गतको भाद्र पूर्णिमा उत्सव कार्यक्रम शनिबार कपिलवस्तुस्थित निग्लिहवामा मनाइएको छ । बुद्ध जन्मस्थल लुम्बिनीमा आन्तरिक पर्यटक आगमन बढाउन र लुम्बिनीको राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रियरूपमा प्रचारप्रसार गर्ने उद्देश्यले प्रदेश नं ५ सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्षको कार्यक्रमअन्तर्गत हरेक महीना पूर्णिमा उत्सव मनाइन्छ । लुम्बिनी भ्रमण वर्ष २०७६ को महत्वपूर्ण कार्यक्रम मासिक पूर्णिमा उत्सव कार्यक्रम कनकमुनि बुद्धको जन्मस्थलको रूपमा परिचित कपिलवस्तु नगरपालिका–६ स्थित निग्लिहवामा भाद्र पूर्णिमा उत्सव कार्यक्रम आयोजना गरिएको हो । लुम्बिनीलाई केन्द्रमा राखेर हरेक महीनाको मासिक पूर्णिमा उत्सव बुद्धसँग…

Read More

बुद्ध र दलित बालिका

एकपटक भगवान् बुद्ध भारतबाट नेपालतर्फको यात्रामा थिए । उनी भारतीय सीमाबाट हाल नेपालको सिमानामा पर्ने भूभागतर्फको यात्रामा थिए । संयोगले त्यतिखेर उनी एक्लै थिए । तराईको चर्को गर्मीले उनलाई सास फेर्न पनि कठिन हुँदै गएको थियो । उनको साथमा पानी थिएन । पानीको खोजीमा यताउता भौँतारिँदाभौतारिँदै उनले एक सात–आठ वर्षकी बालिकाले इनारबाट पानी निकालिरहेको देखे । बुद्ध हतारिँदै त्यहीँ पुगे । उनले बालिकालाई सम्बोधन गर्दै भने(-‘नानु, मलाई अलिकति पानी देऊ न । पानी पिउन नपाएर म त मर्नै लागिसकेँ ।] बालिकाले बुद्धलाई हेरिन् । बुद्धको गेरु वस्त्र र मुखमण्डलमा एक अलग्गै आभा उनले प्रस्टै महसुस गरिन् । तिर्खाएका बुद्ध दुवै हात…

Read More

रामग्राम स्तुपको अवलोकनमा उपप्रधानमन्त्री यादव

उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले पश्चिम नवलपरासीस्थित ऐतिहासिक रामग्राम स्तुपको आज बिहान स्थलगत अवलोकन भ्रमण गर्नुभएको छ । रामग्राम नगरपालिका–७ स्थित भगवान् गौतमबुद्धको सिङ्गो अस्तुधातु रहेको एकमात्र स्थल रामग्राम स्तुपको उहाँले स्थलगत अवलोकन भ्रमण गर्नुभएको हो । सो अवसरमा लुम्बिनी विकास कोषका दीपेन्द्र चौधरीले स्तुपको ऐतिहासिक महत्व तथा यहाँको विकासको अवस्था र प्रयासका विषयमा जानकारी गराउनुभएको थियो । प्रदेश नं ५ का प्रदेशसभा सदस्य बैजनाथ जयसवालले भगवान् गौतमबुद्धसँग सम्बन्धित अत्यन्त महत्वपूर्ण स्थल भएर पनि रामग्राम र पण्डितपुर ओझेलमा परेको भन्दै यस क्षेत्रको विकासका लागि आवश्यक पहल गरिदिन उपप्रधानमन्त्री…

Read More

बुद्ध र बुद्ध सम्बन्धी हाजिरीजवाफ

ललितपुर जिल्लाब्यापी बुद्ध र बुद्धधर्म सम्बन्धी ४७ औं हाजिर जवाफ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा नकबहिल बौद्ध बौद्ध परियत्ति केन्द्र पहिलो बन्यो । गत शनिबार ललितपुरस्थित यम्पि महाविहारमा भएको फाइलन प्रतियोगितामा १३ अंक सहित नकबहिल बौद्ध परयित्तिले उपाधी जित्न सफल भएको हो । बुद्धवाणीका प्रकासक सम्पादक विसन्तर शाक्य क्वीज मास्टर रहेको प्रतियोगितामा युवक बौद्ध बौद्ध मण्डल १० अंक सहित दोश्रो भयो भने ९ अंक सहित दिपंकर परियत्ति शिक्षालय तेश्रो हुन सफल भएको थियो । प्रतियोगितामा ६ अंक सहित शाक्यसिंह परियत्ति तथा प्रौढ शिक्षालयले सान्त्वना पुरस्कार जित्न सफल भयो ।…

Read More