भिक्षु विमलो स्थविरलाई आउँदो शनिवार ललितपुरको जावलाखेलमा अभिनन्दन गरिदैछ । भिक्षु विमलोले ३६५ दिनसम्म अनवरतरुपमा फेसबुक लाइभबाट धर्मदेसना गरेर बौद्ध धर्म र दर्शनको प्रवद्र्धनमा योगदान पुर्याएका कारण अभिनन्दन गर्न लागिएको हो ।
कोरोना संक्रमण सुरु भएसँगै गरिएको लकडाउनका कारण भिडभाड गर्न वा कुनै पनि कार्यक्रम गर्न निषेध गरिएपछि धेरै गुम्बा तथा विहारहरुले जुम, फेसबुक लगायतका माध्यमबाट धर्मदेसना तथा प्रवचन लगायतका गतिविधि गरेका थिए । भिक्षु विमलोले पनि फेसबुक लाइभमार्फत् लामो समयदेखि धर्मदेसना दिदै आएका थिए ।

