अवलोकेश्वरको यी चार हातको अर्थ यस्तो छ

लामा सांगे लेग्देन भूपेन
हिमाली तथा पहाडी क्षेत्रको प्रत्येक बौद्ध गुम्बामा बुद्ध भगवानको दायाँतिर चार हात भएको आर्य अवलोकेश्वरको प्रतिमा हुन्छ । जसको अर्थ कुनै चमत्कार अथवा भनौ अलौकिक शक्ति प्रदर्शन गरेर भएको हैन । यो एउटा प्रतीक हो । यी चार हात་ ཚད་མེད་བཞི། अर्थात, चार चतुब्रह्म विहारको प्रतीक हो । चार चतुब्रह्म भन्नाले १) मैत्री २) करुणा ३)मुदिता ४) उपेक्षा यी चार बौद्धहरुको आभुषण पनि हो ।

यो चार सत्वगुणहरु तपाईं हामी सबैमा हुन्छ तर निद्र अवस्थामा । यसको विपरीत राग द्वेष मोह ईर्श्याले हामी साधारण व्यक्तिलाई चाहिँ बाँधेको हुन्छ । तर बोधिसत्वहरुले यी राग द्वेष आदिको बन्धनबाट पुर्णरुपमा मुक्त विजयी भएर चार चतुब्रह्म विहारको उजागर गरेर परहितार्थ अथाह चित्तोत्पाद गरेको प्रतीक हो यी चार हात !

१) मैत्री
समस्त प्राणीलाई मैत्रीपूर्ण व्यवहार सद्भाव एवम् खुशी र सुखको हेतुले पुर्ण होउन् भन्ने भाव अपरिवर्तित र यसैको खातिर दिन रात लागि पर्न सक्ने!

२) करुणा
समस्त प्राणीलाई एक आमाले आफ्नो शिशुलाई करुणा गरेको झै सबै प्राणिलाई समान करुणा तथा दुःख र दुःखको हेतु बाट मुक्त होउन् भन्ने भाव अपरिवर्तित र यसैको खातिर दिन रात लागि पर्न सक्ने!

३) मुदिता
समस्त प्राणीको सुख, खुशीमा सदैव प्रशंन्न प्रशंसा एवम् दुःख रहित परम सुख बाट अवियोग होउन् भन्ने भाव अपरिवर्तित र यसैको खातिर दिन रात लागि पर्न सक्ने ।

४) उपेक्षा
समस्त प्राणलाइ मित्र सत्रु समर्थक बिरोधि भावले नभई सबैलाई एकै सम्मान रुपमा तथा मित्र एवम् सत्रु प्रति राग द्वेष रहित सबैलाई एकै नजर समानताले हेर्ने भाव अपरिवर्तित र यसै खातिर दिन रात लागि पर्न सक्ने ।

यस्तो सद्भाव र सत्कर्महरुले पुर्ण भएको प्रतिक हो यी चार हातको अर्थ ।

आर्य अवलोकेश्वार महा बोधिचित्त भावले पुर्ण भएको महाबोधिसत्व हो । बोधिचित्त भन्नाले अरुको लागि आफ्नो जीवननै उत्सर्ग गर्नु परेमा पनि तयार हुने चित्तलाई बोधी चित्त भन्दछ । उहाँलाई हिमालय क्षेत्रमा་འཕགས་པ་སྤྱན་རེས་གཟིགས་། फागपा चेनरेसिग भनिन्छ । संसारमा अति मान्य र लोकप्रिय ओं मणि मद्मे हुँ स्! पनि उहाकै आरधाना मन्त्र हो ।

Share

Related posts