बुद्ध र बुद्ध सम्बन्धी हाजिरीजवाफ

ललितपुर जिल्लाब्यापी बुद्ध र बुद्धधर्म सम्बन्धी ४७ औं हाजिर जवाफ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा नकबहिल बौद्ध बौद्ध परियत्ति केन्द्र पहिलो बन्यो । गत शनिबार ललितपुरस्थित यम्पि महाविहारमा भएको फाइलन प्रतियोगितामा १३ अंक सहित नकबहिल बौद्ध परयित्तिले उपाधी जित्न सफल भएको हो ।

बुद्धवाणीका प्रकासक सम्पादक विसन्तर शाक्य क्वीज मास्टर रहेको प्रतियोगितामा युवक बौद्ध बौद्ध मण्डल १० अंक सहित दोश्रो भयो भने ९ अंक सहित दिपंकर परियत्ति शिक्षालय तेश्रो हुन सफल भएको थियो ।

प्रतियोगितामा ६ अंक सहित शाक्यसिंह परियत्ति तथा प्रौढ शिक्षालयले सान्त्वना पुरस्कार जित्न सफल भयो । अखिल नेपाल भिक्षु महासंघका महासचिब भिक्षु कोण्डण्य महास्थविर, बौद्ध विद्धान डा. गौतमवीर बज्राचार्य, बौद्ध व्यक्तित्व शाक्य सुरेन, अनगारीका धम्मचारी र बौद्ध विदूषी अमिता धाख्वा प्रतियोगितामा निर्णायक रहेका थिए ।

Share

Related posts