हेलम्बु — दसैंमा हिन्दु धर्मावलम्बीले देवीदेवतालाई बलि दिने गर्छन् । मासुका लागि खसी, च्यांग्रा, भेडा नपाइने घरै हुँदैनभन्दा फरक पर्दैन । शक्तिपीठमा घटस्थापनाबाटै पशु बलि दिइन्छ । तर, हिमाली गाउँको पर्यटकीय क्षेत्र हेलम्बुको हयोल्मो समुदायले भने दसैंमा मारिने पशुआत्माको चिरशान्तिको कामना गर्दै ‘मानिबुम’ पूजाको सुरु गरेको छ ।
दसैंमा बलि दिइने पशुहरूको मुक्तिको कामना गर्दै ह्योल्मो समुदायले बस्तीका गुम्बाहरूमा चारदिने पूजा गर्छन् । हेलम्बुमा बलि पूजा निषेध गरिएको मात्र होइन सामान्य अवस्थामा पनि पशुवध गर्न पनि दिइँदैन । हेलम्बु जाने पर्यटकका लागि होटलहरूमा पनि मासु पाक्दैन । पशुबलि हिंसा भएकाले उनीहरू पूजा र जप गरी दसैं मनाउँछन् । मानिबुम भन्नाले १ लाखपटक जप गर्नु हो । कान्तिपुरबाट
Share