बौद्ध दर्शनको महत्व बुझेर अनुशरण गर्न लामा गुरुहरुको आग्रह

नेपाल बौद्ध संघको आयोजनामा आइतबार ललितपुरमा लामाहरुको भेला भएको छ । भेलामा संघमा आवद्ध सम्पुर्ण लामा सदस्यहरु सहभागि थिए । ललितपुरको बालकुमारी गुम्बामा भएको भेलामा धर्मदेशना तथा बौद्ध धर्म तथा संस्कारको पछिल्लो स्थितिको बारेमा छलफ गरिएको थियो ।

प्राचीनकालदेखि नै नेपालको मौलिक र प्रमुख धर्मको रुपमा रहँदै आएको बौद्ध धर्मले पछिल्लो समय जटिल परिस्थितिको सामना गरिरहेको विषयमा समेत भेलामा छलफल गरियो । अहिले विश्वका धेरै देशमा बौद्ध दर्शनको पालना र अनुशरण गर्नेहरुको संख्यामा बृद्धि भइरहदाँ नेपालमा भने बौद्ध दर्शनको मर्मलाई वेवास्ता गरिदै गएकोमा भेलामा सहभागि लामा गुरुहरुले चिन्ता व्यक्त गरेका छन् ।

Share

Related posts