अखिल नेपाल भिक्षु महासंघको साधारण सभा सम्पन्न

अखिल नेपाल भिक्षु महासंघको २०७६ सालको साधरणसभा आनन्द कुटि बिहारमा सम्पन्न भयो । बिहान ९ बजे सुरु भएको साधारणसभा प्रमुख अतिथि नेपालका सातौ संघनायक डा. ज्ञानपुर्णिक महास्थवीरले बुद्ध प्रतिमामा दीप प्रज्वलन गरि बुद्ध पूजा तथा दशधम्म सुत्रपाठ गर्दै सुरु भएको थियो । संघनायकले संघका सदस्यहरुलाई धर्म बिनयको पालन गरि बुद्ध धर्मको प्रचार गर्न सके समय समयमा हुने यस्ता संघ भेला सुखदायी हुने बताए ।

अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष मैत्री महास्थवीरको सभापतित्वमा सम्पन्न कार्यक्रम संघका महासचिव राहुल महास्थवीरले सञ्चालन गरेका थिए । कार्यक्रममा संघका उपाध्यक्ष सुमेध महास्थवीरले स्वागत मन्तव्य, महासचिव कौडण्य महास्थवीरले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष बोधिज्ञान महास्थवीरले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

साधारणसभाको दोस्रो चरणको कार्यक्रममा लुम्बिनीमा बन्दै गरेको थेरवाद विहारको निर्माण कमिटिका संयोजक सदातिस्स महास्थवीरले प्रगति विवरण प्रस्तुत गरे । दोस्रो चरणको कार्यक्रम भिक्षु तपस्सी धम्मले सञ्चालन गरेका थिए ।

Share

Related posts