“अप्पमदो अमात पदम पमदो मच्चुनो पदम अप्पमत्ता न मीयंथी ये पमत्ता यथा मत” को अर्थ
Read Moreमहिना: सेप्टेम्बर 2019
३ दिने धर्म देशना तथा आर्य ताराको वाङ लुङ सम्पन्न (फोटो फिचर)
नेपाल बुद्धिष्ट तामाङ सुधार समितिद्वारा आयोजित ३ दिने धर्म देशना तथा आर्य डोल्मा ताराको वाङ लुङ कार्यक्रम सोमबार सम्पन्न भयो । काठमाडौँमा आयोजित कार्यक्रममा श्रद्धेय गुरु खाङसेर रिम्पोचेले वाङ शरण गमन तथा बोधिचित्तको माध्यमबाट भक्तजनलाई आर्य डोल्मा ताराको मन्त्र जप गराई सबैमा सकरात्मक सोचद्वारा डोल्मा प्रवेश गराई दया करुणा र मैत्रीबाट सम्पुर्ण प्राणी जगतको दुःख मुक्त गराउने बुद्धको महत्वपूर्ण सन्देश प्रवाह गर्नु भएको थियो । कार्यक्रममा श्रद्धेय गुरु खांगसेर रिम्पोचे सहित धर्म प्रशिक्षक गुरू शेरब ग्याल्जेन लामा, छम्बा गुरु लामा, नेपाल बौद्ध जागरणको अध्यक्ष गुरु काईला लामा तथा विभिन्न स्थानबाट…
Read Moreदलाई लामाद्वारा चार आर्य सत्य सम्बन्धी ३ दिने पूजा
श्रद्धेय गुरु दलाई लामाद्वारा भारतको धर्मशालामा तीन दिने पूजाको आयोजना भएको छ । पूजामा श्रद्धेय गुरु दलाई लामाले चार आर्य सत्य अन्तर्गतको १६ चरित्रका महत्वका बारेमा वर्णन गर्दैछन् । चार आर्य सत्यको १६ चरित्रमा डेन्पा, शी, मितक सोक चान्द्रुक लगायत हुन्छन् । लामाले बुद्धत्वका ३७ तथ्य तथा नागार्जुनको बोधिचित्तको बारेमा उल्लेख गरेको विषयलाई पनि पूजामा प्रस्तुत गर्दैछन् । पूजामा विभिन्न ६९ देशका करिब ७ हजार श्रद्धालु सहभागि भएका छन् । ६ सेप्टेम्बरदेखि सुरु भएको पूजा भोली आइतबार सम्पन्न हुँदैछ ।
Read Moreटेक्सासमा नेप्लिज बुद्धिष्ट एसोसियसनको पञ्चदान
बौद्ध धर्मावलम्वी वज्राचार्य तथा शाक्यहरुले चामल, धान, गहुँ, सानो केराउ, नुन, रोटी लगायतका परिकार दान गरेर मनाइने पर्व पञ्चदान अमेरिकास्थित टेक्सासमा पनि मनाइयो । टेक्सासस्थित नेप्लिज बुद्धिष्ट एसोसियसनले आयोजना गरेका पञ्चदानमा त्यहाँ रहेका बौद्ध धर्मावलम्वी सहभागि थिए । Photo Credit : Sunil Shakya
Read Moreभार्दो (अन्तरभव) भाग-२ भार्दोको अर्थ र प्रकार
महान सम्राट अशोकको जीवनी ।।भाग २
बुद्ध शिक्षाको व्यावहारिक र वैज्ञानिक ग्रन्थ ‘त्रिपिटक’
निरा गौतम रुपन्देही, १५ भदौ (रासस) : गौतम बुद्धको महापरिनिर्वाण पछि शोकमग्न भिक्षुहरुसँग सुभद्र नामक एक भिक्षुले भने – “भिक्षुहरु, शोक नगर, रोदन नगर ! हामीहरुले महाश्रमणबाट छुटकारा पाएका छौं । उनी हुँदा जहिले पनि ‘यो गर, यो नगर’ भन्थे तर, अब हामी जे मन लाग्यो त्यही गर्न पाउने भएका र्छौं ।” सुभद्र भिक्षुको यो वचन सुनेर सबै भिक्षुहरु छक्क परे । बुद्धको महापरिनिर्वाणपछि सद्धर्मको नाश हुने डर भयो । भिक्षु सङ्घ र समाजका लागि बुद्धले दिएको शिक्षा लोप हुने डरले विभिन्न समयमा सङ्घमार्फत बुद्ध वचनलाई एकै ठाउँमा सङ्ग्रह गर्ने…
Read Moreतीन महिने बौद्ध धर्म प्रशिक्षण शिविर सम्पन्न
बौद्ध धर्म र दर्शनको शिक्षालाई गाँऊ गाँऊ तथा बस्ती बस्तीसम्म पुर्याई सुसभ्य समाज निर्माण गर्ने मूल उद्देश्यका साथ तामाङ बौद्ध महासंघ नेपालद्वारा संचालित ३ महिने निशुल्क धर्म प्रशिक्षण शिविर आयोजना गरेको छ । धरान उपमहानगरपालिका १५, सुनसरीमा गरिएको उक्त शिविर सम्पन्न भएपछि प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न गरियो । शिविरको प्रायोजन अमेरिका बस्दै आएका गोपी लामा गुरुङले गरेका हुन् ।
Read More