नेपाल बुद्धिष्ट तामाङ सुधार समितिद्वारा आयोजित ३ दिने धर्म देशना तथा आर्य डोल्मा ताराको वाङ लुङ कार्यक्रम सोमबार सम्पन्न भयो । काठमाडौँमा आयोजित कार्यक्रममा श्रद्धेय गुरु खाङसेर रिम्पोचेले वाङ शरण गमन तथा बोधिचित्तको माध्यमबाट भक्तजनलाई आर्य डोल्मा ताराको मन्त्र जप गराई सबैमा सकरात्मक सोचद्वारा डोल्मा प्रवेश गराई दया करुणा र मैत्रीबाट सम्पुर्ण प्राणी जगतको दुःख मुक्त गराउने बुद्धको महत्वपूर्ण सन्देश प्रवाह गर्नु भएको थियो ।

कार्यक्रममा श्रद्धेय गुरु खांगसेर रिम्पोचे सहित धर्म प्रशिक्षक गुरू शेरब ग्याल्जेन लामा, छम्बा गुरु लामा, नेपाल बौद्ध जागरणको अध्यक्ष गुरु काईला लामा तथा विभिन्न स्थानबाट सहभागि भएका बौद्ध धर्मावलम्बी ,लामागण र संस्थाको कार्यसमितिका पदाधिकारीको उपस्थिति थियो ।




