धादिङको थेग्पा छेन्पो गुम्बा तथा विहारमा त्रिपिटक पाठ तथा विश्व शान्तिपूजा सुरु

धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका वार्ड नं ३ धादिङवेसी, सिरानबजारमा रहको थेग्पा छेन्पो गुम्बामा बुद्धवचन (काग्युर) पाठ तथा विश्वशान्ति पूजा सुरु भएको छ । मंसिर २१ गते आइतवारदेखि सुरु भएको पाठमा बुद्धवचन त्रिपिटक १०८ ठेली ग्रन्थ पाठ गरी विश्व शान्ति पूजा भइरहेको छ । त्रिपिटक (काग्युर पाठ) मंसिर २५ गतेसम्म हुन गुम्बाका प्रमुख लामा तेन्जिङ लामाले बताए ।

कार्यक्रममा त्रिपिटक पाठसँगै होमन जीन्स्रेग यज्ञ, पितृहरुको लागी ङोवा, धर्मचक्र लगायत गरिदैछ । त्यस्तै प्रमुख अतिथि धर्मगुरु खेन्पो पेमा सम्वा लामाबाट २६ गते वाङ अभिषेक प्रदान गरिनेछ ।

थेग्पा छेन्पो गुम्बा तथा विहार आयोजक रहेको काग्युर पाठ तथा विश्वशान्ति पूजाको संयोजक गंगाबहादुर लामा र सहसंयोजक श्याम बहादुर तामाङ रहेका छन् ।

 

 

Share

Related posts