बाढी पीडितलाई छोक्नी रिन्पोछेको ५० लाख रुपैयाँ सहयोग

काठमाडौं, — गत भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकहरूको राहत तथा उद्धारका लागि चोभारस्थित छोक्नी गेछाक लिङ गुम्बाका प्रमुख श्रद्धेय छोक्नी रिन्पोछे तथा छोक्नी नन्स वेलफेयर फाउन्डेसनको तर्फबाट नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५०,००,००० (पचास लाख रुपैयाँ) सहयोग प्रदान गरिएको छ।

बौद्ध दर्शन र बुद्धधर्मलाई विश्वव्यापी रूपमा प्रवद्र्धन गर्दै नेपाल भूमिमा करुणा, सेवा र मानव कल्याणको उदाहरण प्रस्तुत गर्नुहुने श्रद्धेय छोक्नी रिन्पोछेज्यूलाई हार्दिक नमन तथा कृतज्ञता व्यक्त गरिएको छ ।

यस सहयोगले रसुवाका प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनस्र्थापनामा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ ।

Share

Related posts

Leave a Comment