महिना: जुन 2019
रहस्यले भरिएको काक्रेविहार
सेवा भट्टराई सुर्खेतको धुलाम्य सदरमुकाम वीरेन्द्रनगरबाट १० मिनेट दूरीमा एउटा घना जंगल छ– शान्त, धूलोधुवाँबाट अलग । जंगलै जंगलको बाटो हुँदै एउटा डाँडाको टुप्पोमा पुगिन्छ । पुग्नेवित्तिकै भान हुन्छ, हामी कुनै प्राचीन स्थलमा उभिएका छौं । वरिपरि छरिएका भग्नावशेष । फूल, बादल, अरू बुट्टा, र बौद्ध देव–देवताका मूर्तिहरू कुँदिएका ढुंगाहरू । र, बीचमा शिखर शैलीमा बनिरहेको मन्दिर, जसको गजुर राख्नै बाँकी छ । यो काँक्रेविहारको दृश्य हो । करीब ५० वर्षअघि योगी नरहरिनाथले चर्चा गरेपछि काँक्रेविहारप्रति पुरातत्वविद् र बौद्ध विद्वानहरूको ध्यान आकर्षित भएको हो । काठमाडौं उपत्यकामा बज्रयानी, हिमाली क्षेत्रमा…
Read Moreआफ्नो आत्मविश्वास कसरी बलियो बनाउने।
प्रज्ञापारमिता भाग २
प्रज्ञापारमिताको महत्त्व र लाभ
Read Moreत्रिलक्षण भनेको के हो?
लुम्बिनीमा अत्याधुनिक ध्यान केन्द्र बनाइने
करिब ६० करोड रुपैयाँ लगानीमा बुद्ध जन्मस्थल लुम्बिनीमा अत्याधुनिक सुविधा सम्पन्न ध्यानकेन्द्र निर्माण गरिने भएको छ । ४ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको महासिद्ध ‘स्याक्चुरी फर युनिभर्सल पिस’ नामक उक्त ध्यानकेन्द्र धर्मगुरु स्याल्पा तेञ्जिङ रिम्पोछेको अगुवाईमा बनाइन लागिएको हो । ध्यानकेन्द्रमा भिक्षुहरुलाई ध्यान गर्नका लागि आवास, पूजास्थल सहितको हुनेछ । स्तुप आकारमा बनाइन लागिएको ध्यानकेन्द्र कोरियन गुम्बाको पछाडि निर्माण गरिनेछ । ध्यानकेन्द्रको डिजाइन चीन, मलेशिया र हङकङका आर्किटेक्ट डिजाइनरले गरेका हुन् । इन्जिनियरिङ हिसाबले पनि ध्यानकेन्द्र अत्यन्तै सुविधायुक्त हुने स्याल्पा रिम्पोछेको भनाई छ । लुम्बिनीमा अहिलेसम्म बौद्ध धर्मका विभिन्न…
Read Moreबौद्धमार्गी देशका पर्यटकलाई नेपाल भ्रमणको निम्तो
नेपालका लागि उदीयमान पर्यटन बजारको रुपमा रहेका देशहरु भियतनाम, कम्बोडिया र थाईल्याण्डमा नेपालको पर्यटनको प्रबर्ध्दन गरिएको छ । नेपाल पर्यटन बोर्डले सोसाईटी अफ ट्राभल एण्ड टुर अपरेटर्स, नेपाल (सोट्टो–नेपाल) सँगको सहकार्यमा नेपाललाई बौद्ध धार्मिक पर्यटनको प्रवेशद्धार र एक आकर्षक पर्यटकीय गन्तब्यको रुपमा प्रवद्र्धन गर्ने उद्देश्यका साथ नेपाल सेल्स मिसन २०१९ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बोर्डकोतर्फबाट सहभागी प्रतिनिधिले नेपाल भ्रमण वर्ष–२०२० को बारेमा चर्चा गर्दै नेपाललाई बौद्ध धार्मिक पर्यटनको प्रमुख गन्तब्यका साथै एक पटक भ्रमण गर्नैपर्ने गन्तब्यको रुपमा प्रस्तुती दिएका थिए । सो अवसरमा बोर्डले तयार गरेको लुम्बिनीको वृत्तचित्र…
Read Moreकसैको गल्तीलाई कसरी माफ गर्ने? भाग २
नेपाल बौद्ध संघको पूजा तथा ध्यान शिविर सम्पन्न (फोटो फिचर)
नेपाल बौद्ध संघको आयोजनामा ४ दिने अवलोकेश्वर ञ्युङनी व्रत ध्यान शिविर सम्पन्न भएको छ । संघले ललितपुरको सिद्धि ईन्द्र स्मृति कोष गुम्बा, बालकुमारीमा उक्त पूजा गरेको हो । ४ दिने पूजाकाु सहभागिहरुले शील ग्रहण, मौन व्रत, प्रवचन सुन्ने र छोक पूजा गरेका थिए । सागा दावाका पूण्य अवसरमा आयोजित पूजा तथा ध्यान शिविरमा ८ जिल्लाका १८ गुम्बाका करिब एक सय लामा, आनी तथा उपासक–उपासिकाहरु सहभागि थिए ।
Read Moreस्वयंभूमा सागा–दावा मोन्लाम सम्पन्न, यस्तो छ सागा दावाको महत्व
काठमाण्डौ, असार २ नेपाल बौद्ध महासंघको वार्षिक कार्यक्रम अन्तर्गत मनाउँदै आइएको सागा दावा पर्व यस वर्ष स्वयंभू स्थित मुस्ताङ गोन्पामा चारै हिमाली बौद्ध परम्पराका भिक्षु, श्रामणेर, श्रामणेरिकाहरूको उपस्थितिमा दुई दिने सागा दावा विशेष पूजा कार्यक्रम सम्पन्न भएको छ । प्रणिधान (मोन्लाम) कार्यक्रममा विशेष अतिथिको रूपमा श्रद्धेय सेर्कोङ रिन्पोछे र श्रद्धेय खेन्पो सोनाम टासी रिन्पोछेज्यूलाई आमण्त्रण गरिएको थियो । असार १ र २ गते दुई दिन भएको सागा दावा मोन्लाम पूजा कार्यक्रम स्थलमा बुद्धको अस्तु धातु (रिङ्सेल) पनि श्रद्धालु भक्तजनहरूलाई दर्शनको राखिएको थियो । बौद्धमार्गीहरूले सागा दावा अर्थात् बैशाख महिनालाई पवित्र…
Read More