अलपत्र ‘ग्रेटर लुम्बिनी’ परियोजना, चर्चा बेलाबेलामा, काम निराशाजनक

लुम्बिनीसंगै कपिलवस्तुको तिलौराकोट, नवलपरासीको रामग्राम, रुपन्देहीको देवदहलाई एकीकृत विकास गर्ने लक्ष्यसहित १२ वर्ष अगाडि ग्रेटर लुम्बिनी परियोजना गठन भएको थियोे । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै यसअघिको प्रधानमन्त्रीकालमा ‘ग्रेटर लुम्बिनी परियोजना शुरु गरेका थिए । सिद्धार्थ गौतम बुद्धसँग जोडिएका बौद्ध स्थलहरुलाई जोडेर बृहत्तर विकास गर्ने र विश्व शान्ति शहर बनाउने भन्दै शुरु गरिएको परियोजनाको बेलावेला चर्चा हुने गरेपनि काम भने गुमनाम जस्तै छ । सरकारले ०६८ सालमा बृहत्तर लुम्बिनी परियोजना गठन गरेको थियो । तर अहिले त्यो संस्था कहाँ छ, के गरिरहेको छ भन्नेबारे नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक…

Read More

रामग्राम लिज समझदारी रद्द गर्न लेखाको निर्देशन

गौतम बुद्धको अस्थिधातु समाधिस्थल नवलपरासीको रामग्राम क्षेत्र उत्खनन एवं बौद्ध स्तूपलगायत संरचना निर्माण तथा व्यवस्थापनका लागि भन्दै लुम्बिनी विकास कोषले बिनाप्रतिस्पर्धा एक निजी कम्पनीलाई ९९ वर्षका लागि सुम्पिने गरी भएका सबै सम्झौता, समझदारी रद्द गर्न प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले निर्देशन दिएको छ । रामग्राम लिज समझदारी रद्द गर्न लेखाको निर्देशन, कानुनविपरीतका निर्णय प्रक्रियामा सामेलमाथि अनुसन्धान गर्न अख्तियारलाई पनि निर्देशन विवादास्पद पृष्ठभूमिका ल्हारक्याल लामाले लुम्बिनी कोषको उपाध्यक्षमा नियुक्ति भएलगत्तै नेपाल सरकारको पूर्वस्वीकृतिबिनै पुरातात्त्विक सम्पदा क्षेत्र एक शताब्दीका लागि निजी कम्पनीलाई सुम्पिएका थिए । तर आइतबार लेखा समितिले उक्त निर्णय र समझदारी रद्द गर्न…

Read More

बौद्धमार्गीले ग्याल्पो र सोनाम ल्होसार मनाउँदै

आज माघ शुक्ल प्रतिपदा– बौद्ध धर्मावलम्वीहरुले विविध कार्यक्रम आयोजना गरी नयाँ वर्षको रुपमा ल्होसार मनाउँदैछन् । आज तामाङ समुदायको सोनाम ल्होसार र हिमाली समुदायले ग्याल्पो ल्होसार एकदिन परेको छ । हिमाली पात्रो अनुसार आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुँदैछ । मुसा, गाई, बाघ, खरायो, ड्रागन , सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा ल्होसारालाई विभाजन गरिएको छ । भूमिपूजा, कूलपूजा एवं दानदक्षिणा, ढोगभेट, नाचगान, मिठो परिकार बनाएर खाने र शुभकामना आदानप्रदान गरी ल्होसार मनाउने चलन छ । राजधानीको टुँडिखेल, बौद्ध, स्वयम्भू क्षेत्रमा विविध…

Read More

मिग्योर रिन्पोछेसँग भार्दोको ज्ञान लिदै मनिषा कोइराला

चर्चित बलिउड अभिनेत्री मनिषा कोइरालाले भार्दोको शिक्षा सुरु गरेकी छन् । उनले बिहिवार फेसबुकमा स्टाटस लेख्दै आफुले भार्दोको शिक्षा लिइरहेको बताएकी हुन् । भार्दोका लागि करिब १ दशकदेखि गुरु खोजिरहेको उल्लेख गर्दै उनले बल्ल गुरु भेटेको लेखेकी छन् । मिग्योर रिन्पोछेलाई भेटेपछि गुरु खोज्ने आफ्नो आंकाक्षा पुरा भएको पनि उनले उल्लेख गरेकी छन् । उनले मिग्योर रिन्पोछेले दिने ज्ञानको प्रशंसा पनि गरेकी छन् । कठिन शिक्षालाई पनि मिग्योर रिन्पोछेले एकदमै सरल तरिकाले बुझाइँदै मानिसहरुलाई तनावरहित बनाएको कोइरालाले बताइन् । भार्दोको अभ्यास गर्दै जाँदा परम आनन्दको अनुभुति भएको उनको भनाइ छ…

Read More

ध्यान र योग विशेष रेपा कार्यक्रमको पाँचौ श्रृंखलाका लागि आवेदन खुल्ला

श्रद्धेय छोग्याल रिन्पोचेद्वारा संचालन हुदै आएको रेपा कार्यक्रमको पाँचौ भागको लागी आवेदन फारम खुला गरिएको छ । रेपा छोग्याल रिन्पोचेले विकास गर्नु भएको तीन वर्षीय आन्तरिक रुपान्तरण सम्बन्धी विशेष कार्यक्रम हो । यस कार्यक्रम अन्तर्गत करुणा र आध्यात्मिकतामार्फत् आफैलाई चिन्ने लक्ष्य रहेको छ । यस कार्यक्रममार्फत् छोग्याल रिन्पोचेले जीवनशैली, योग अभ्यास, दया, करुणा लगायतका अभ्यास गराउनु हुन्छ । रेपा अभ्यास अनलाइनका साथै व्यक्तिगत र आवासीय शिविरमार्फत पनि गराइदै आएको छ । पहिलो रेपा कार्यक्रम सन् २०२१ मा आयोजना हुँदा ५५ जना सहभागि भएका थिए । त्यस्तै सन् २०२२ मा भएको…

Read More