बौद्धमार्गीले ग्याल्पो र सोनाम ल्होसार मनाउँदै

आज माघ शुक्ल प्रतिपदा– बौद्ध धर्मावलम्वीहरुले विविध कार्यक्रम आयोजना गरी नयाँ वर्षको रुपमा ल्होसार मनाउँदैछन् । आज तामाङ समुदायको सोनाम ल्होसार र हिमाली समुदायले ग्याल्पो ल्होसार एकदिन परेको छ ।

हिमाली पात्रो अनुसार आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुँदैछ । मुसा, गाई, बाघ, खरायो, ड्रागन , सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा ल्होसारालाई विभाजन गरिएको छ । भूमिपूजा, कूलपूजा एवं दानदक्षिणा, ढोगभेट, नाचगान, मिठो परिकार बनाएर खाने र शुभकामना आदानप्रदान गरी ल्होसार मनाउने चलन छ । राजधानीको टुँडिखेल, बौद्ध, स्वयम्भू क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी ल्होसार मनाइँदै छ ।

Share

Related posts