चर्चित बलिउड अभिनेत्री मनिषा कोइरालाले भार्दोको शिक्षा सुरु गरेकी छन् । उनले बिहिवार फेसबुकमा स्टाटस लेख्दै आफुले भार्दोको शिक्षा लिइरहेको बताएकी हुन् । भार्दोका लागि करिब १ दशकदेखि गुरु खोजिरहेको उल्लेख गर्दै उनले बल्ल गुरु भेटेको लेखेकी छन् । मिग्योर रिन्पोछेलाई भेटेपछि गुरु खोज्ने आफ्नो आंकाक्षा पुरा भएको पनि उनले उल्लेख गरेकी छन् ।

उनले मिग्योर रिन्पोछेले दिने ज्ञानको प्रशंसा पनि गरेकी छन् । कठिन शिक्षालाई पनि मिग्योर रिन्पोछेले एकदमै सरल तरिकाले बुझाइँदै मानिसहरुलाई तनावरहित बनाएको कोइरालाले बताइन् । भार्दोको अभ्यास गर्दै जाँदा परम आनन्दको अनुभुति भएको उनको भनाइ छ । आफ्नो आध्यात्मिक यात्राको बारेमा बताउँदै जाने मनिषाले फेसबुक स्टाटसमा उल्लेख गरेकी छन् ।
बौद्ध संस्कारमा मृत्युपछि के हुन्छ भन्ने कुरालाई भार्दोमा विस्तृतरुपमा व्याख्या गरिएको छ ।



