सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका–२, फेरा गाउँमा अवस्थित ‘ञिङमा साङ्ङाग क्षोलिङ्ग’ गोन्पाको जीर्णोद्धारपछि विधिवत् प्राण प्रतिष्ठा (राब्ने) पूजा सम्पन्न भएको छ। परम श्रद्धेय खेन् रिन्पोछे साङ्ये राङज्युङको बाहुलीबाट बौद्ध धर्म परम्पराअनुसार पूजा सम्पन्न गरिएको हो। २०७२ सालको विनाशकारी भूकम्पबाट गम्भीर क्षति पुगेपछि जीर्ण बनेको गोन्पा केम्जे क्लब फेरा र देश–विदेशमा रहेका फेराबासीहरूको आर्थिक सहयोगमा पुनर्निर्माण गरिएको हो। गोन्पा व्यवस्थापन समितिको अगुवाइमा सम्पन्न प्राण प्रतिष्ठा कार्यक्रममा खेन् रिन्पोछेसहित टुल्कु, खेन्पो, लोपोन तथा लामा गुरुहरूको उपस्थिति थियो। बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म धार्मिक पाठपूजा गरिएको थियो। वि.सं. २०१० सालमा परम पूज्य लामा…
Read More