बुद्धको जन्मस्थल लुम्बिनीदेखि बुद्धको दरबार रहेको तिलौराकोटसम्मको सडकलाई बोधिवृक्ष करिडोर बनाउने पहल थालिएको छ । बुद्धले ज्ञान प्राप्त गरेको बोधगयासम्म बोधिवृक्ष करिडोर बनाउने लक्ष्यसहित पहिलो चरणमा तिलौराकोट–लुम्बिनी सडकको दुबैतर्फ बर–पिपल लगायतका एक हजार बिरुवा रोप्न थालिएको हो । ३२ कलोमिटर दूरीको यो सडक खण्डमा भारत र नेपालका वृक्षारोपण अभियान्ताहरु दुई दिनसम्म पैदल यात्रा गर्दै करिब एक हजार थान बिरुवा रोप्ने छन् । पिपल, निम, तुलसी अभियान पटना भारत र जनकपुरधाम वन प्राविधिक समाजको आयोजना र तिलौराकोट साझेदारी वन उपभोक्ता समूहको सहआयोजनामा वृक्षारोपण हुन लागेको हो । पीपल, निम, तुलसी अभियान…
Read Moreमहिना: सेप्टेम्बर 2024
नेपाल बौद्ध महासंघको ७ औं महाधिवेशन सम्पन्न, नयाँ कार्यसमिति चयन
नेपाल बौद्ध महासंघको सातौँ महाधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको छ । आचार्य नुर्वु शेर्पाको संयोजकत्वमा सदस्यहरु मुकुन्द विष्ट, ङिमा तेन्डुप शेर्पा, ङिमा याङ्छेन ह्योल्मो र सुरेश केसी गरी पाँच सदस्य निर्वाचन मण्डलले नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिको आवश्यक पदमा ञिङमा, काग्यु, साक्य र गेलुग चारै परम्पराबाट १०, १० जनाको नाम प्रस्ताव गरिएको थियो । निर्वाचन मण्डलले सर्वसम्मतबाट अध्यक्षमा नोर्बु थुन्डु शेर्पा, उपाध्यक्षमा ग्युर्मे सोनाम तामाङ, महासचिवमा पेमा दोर्जे तामाङ, कोषाध्यक्षमा पेमा दोन्देन गुरुङ, सचिवमा छिरिङ झाङमो लामा, सहित पासाङ दोर्जे लामा, मिङमार मगर, धोङाग तेन्जिन लामा, छोवाङ…
Read More