संघनायक भिक्षु ज्ञानपूर्णिकको सघनकक्षमा उपचार गरिँदै

सङ्घनायक डा. भिक्षु ज्ञानपूर्णिक महास्थवीर अग्गमहापण्डितको सघनकक्षमा उपचार भइरहेको छ । मिर्गौला रोगबाट पीडित ८१ वर्षीय भिक्षु अग्गमहापण्डितलाई उपचारका लागि दुई साताअघि ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको थियो । डायलसिस गराउँदै आएका उनलाई चार दिनदेखि सघनकक्षमा राखिएको भिक्षु निग्रोधले जानकारी दिए । “स्वास्थ्य अवस्था स्थिर छ”, उनले भने । भिक्षु अग्गमहापण्डितको उपचारमा चिकित्सकद्वय डा ऋषि काफ्ले र डा विक्रम शाक्य खटिएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलबार अस्पताल पुगी भिक्षु अग्गमहापण्डितको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । त्यसअघि उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिइ उपचारमा नेपाल सरकारले सक्दो सहयोग गर्ने आश्वासन दिएका थिए । यस्तै नेपालस्थित थाइल्याण्ड र श्रीलङ्काका राजदूतले समेत भिक्षु अग्गमहापण्डितको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

भिक्षु अग्गमहापण्डितले बुद्धधर्मबारे ६० वटा किताब लेखेका छन् । उनी धर्मोदय महासभाको पूर्वअध्यक्षसमेत हुन् । उनले थाइल्याण्डको महाचुलालोङ्कर्न विश्वविद्यालय र महामुकुट विश्वविद्यालयबाट मानार्थ विद्यावारिधि प्राप्त गरेका हुन् । उनी थेरवाद बुद्धधर्मको सातौँ सङ्घनायक हुन् । उनको स्वास्थ्यलाभको कामना गर्दै देशभरका झण्डै ३०० बौद्ध विहारमा पूजापाठ गरिँदै आएको भिक्षु निग्रोधले बताए ।

Share

Related posts

One Thought to “संघनायक भिक्षु ज्ञानपूर्णिकको सघनकक्षमा उपचार गरिँदै”

  1. sanak raj shrestha

    just news diye pugne yo le vetyo usle vetyo is not important

Leave a Comment