नेपाल बौद्ध महायान (कपन गुम्बा)ले बूढानीलकण्ठ नगरपालिका वडा नं.११ मा बसोबास गर्ने लकडाउन पीडित विपन्न परिवारलाई वडाको समन्वयमा दोस्रोपटक खाद्यान्न राहत वितरण गरेको छ । गुम्बाले पहिलोपटक वैशाख १५ र १६ गते करिब ६०० भन्दा बढी विपन्न परिवारलाई खाद्यान्न राहत वितरण गरेको थियो ।
धेरै विपन्न परिवार राहत पाउनबाट बन्चित भएको गुनासो आएपछि वडा कार्यालयबाट पहल भएपछि गुम्बाले दोस्रोपटक पनि राहत प्रदान गरेको हो । ग्राम शिक्षा मन्दिर मा.वि.को प्राङ्गणमा ५ सय भन्दा बढिलाई राहत वितरण गरिएको हो । शान्तिटोल विकास समिति भित्र बसोबास गर्ने ४० विपन्न परिवारलाई पनि टोल विकास समितिको समन्वयमा खाद्यान्न राहत वितरण गरिएको छ ।
Share