आउँदै गरेको बुद्ध पूर्णिमाको अवसरमा देशविदेशमा विविध कार्यक्रम आयोजना हुँदैछ । अमेरिकाको मेरिल्याण्डमा पनि नेपाल एजुकेसन एण्ड कल्चरल सेन्टरले वैशाख २२ गते बुद्ध पूर्णिमामा २५६७ औँ बुद्ध जयन्ती विशेष कार्यक्रम गर्दैछ । जर्मन टाउनस्थित पशुपति बुद्ध मन्दिरमा हुने कार्यक्रममा नेपालबाट खेन्पो पेम छिरि शेर्पाले प्रवचन दिदै हुनुहुन्छ । कार्यक्रममा सहभागि हुन खेन्पो पेम छिरि शुक्रवार अमेरिका पुगिसक्नु भएको छ । कार्यक्रममा साँझ ६ देखि ८ बजेसम्म प्रार्थना धर्म प्रवचनको तालिका राखिएको छ । त्यस्तै ८ बजेदेखि ८ः३० सम्म प्रसाद वितरणको तालिका रहेको छ ।
Read Moreमहिना: अप्रील 2023
बुद्ध पूर्णिमामा नेपाल बौद्ध संघको विशेष कार्यक्रम
वैशाख २२ गते बुद्ध पूर्णिमाको अवसरमा देशभरि नै विभिन्न कार्यक्रमरुको आयोजना हुँदैछ । २५६७ औँ बुद्ध पूर्णिमाको अवसरमा नेपाल बौद्ध संघले पनि विशेष कार्यक्रम आयोजना गर्दैछ । यसपटक बुद्ध पूर्णिमामा हुने कार्यक्रमलाई धार्मिकका साथै बौद्धिकरुपमा प्रस्तुत गरिने नेपाल बौद्ध संघका कार्यकारी निर्देशक सर्विन्द्र ठाकुरले बताए । काठमाडौँको स्वयम्भूस्थित किमडोलमा हुने कार्यक्रममा पञ्चशिल, चार आर्य सत्य, आर्य अष्टांगिक मार्गको बारेमा विभिन्न बौद्ध गुरुहरुले प्रवचन दिदै हुनुहुन्छ । कार्यक्रममा बुद्ध पूर्णिमाको महत्व र बुद्धको जीवनीमाथि विभिन्न कोणबाट विश्लेषण समेत हुँदैछ । कार्यक्रममा छोग्याल रिन्पोचे, पुण्य पराजुली, टीका शेर्पा, लोपेन नाम्गेल, आचार्य रिन्छेन…
Read Moreबुद्धको नजरमा ‘अछुत’
एकपटक एक स्थानमा भगवान् बुद्धको धर्मसभा चलिरहेको थियो । बुद्ध ध्यानमग्न अवस्थामा बसेर चिन्तन गरिरहेका थिए । त्यति नै वेला उनको धर्मसभा भइरहेको स्थानको बाहिर उभिएका एक व्यक्ति आक्रोशपूर्वक निकै जोडले चिच्याइरहेका थिए । आज मलाई यस धर्मसभामा बस्ने अनुमति किन दिइएन ? यो कस्तो धर्मसभा हो ? शान्त सभामा उनको क्रोधमिश्रित चर्को बोलीले सभाभवन नै गुञ्जायमान भयो । तर, बुद्धले यसतर्फ कुनै चासो दिएनन् । उनी उसैगरी ध्यानमग्न नै रहे । ती आगन्तुकले पहिलेभन्दा पनि झनै चर्को स्वरमा आफ्नो प्रश्न दोहो¥याए । शिष्यहरूले सभामा शान्ति कायम राख्न ती आगन्तुकलाई भित्र आउने अनुमति दिन बुद्धसित अनुरोध गरे ।…
Read Moreवैशाख १९ गते दोलखामा गुम्बा उद्घाटन हुँदै
दोलखा जिल्लाको जिरी नगरपालिका वडा नं. २ स्थित यलुङ गाउँमा गुम्बा निर्माण भइरहेको गुम्बा वैशाख १९ गते उद्घाटन गरिने भएको छ । ङाग्युर यिसे ख्युङजोङलिङ गुम्बा उद्घाटनका लागि दक्षिण भारत नाम्ड्रोलिङ गुम्बाका श्रद्धेय धर्मगुरु खेन्छेन नाम्ड्रोल रिन्पोछेज्यु सहभागि हुने कार्यक्रम रहेको छ । गुम्बा उद्घाटन कार्यक्रमसँगै आयु अभिषेक (छे वाङ) पनि प्रदान गरिदैछ । कार्यक्रममा सहभागि भई अभिषेक (वाङ) ग्रहण गरि पुण्यालाभ प्राप्त गर्न सम्पुर्ण भक्तजनमा आग्रह गरिएको छ ।
Read Moreनेपाल बौद्ध अम्बेडकर महासभाले ४० जना विद्यार्थी पढाउने
नेपाल बौद्ध अम्बेडकर महासभाले ४० जना विद्यार्थीलाई पढाउने भएको छ । महासभाले छनोट भएका ४० विद्यार्थीहरुलाई विभिन्न विहारमा राखेर पढाइनेछ । दया, माया, मैत्री, प्रेम, करुणाको पाठ प्रत्येक दिन सिकाइदै विभेदरहित बाताबरणमा अध्ययन गराइने महासभाले जनाएको छ । आफ्ना बालबच्चाहरुलाई उच्च शिक्षासम्म पठन पाठन गराउन चाहने अभिभावकहरुलाई सम्पर्क गर्न भनिएको छ । नेपाल बौद्व अम्बेडकर महासभाले बौद्ध बिहारमा राखेर पढाउने, शिक्षा दिने व्यवस्था मिलाएको छ । बालबच्चा बढाउन चाहनेहरुले वैशाख १५ गतेभित्र आवेदन फारम भरिसक्नु पर्नेछ । शिक्षा दिइने बौद्ध विहारहरु राजकीय बुद्व बिहार : लुम्बिनी मुनि बिहार : भक्तपुर…
Read Moreबुद्धजयन्तीमा लुम्बिनीमा वृक्षरोपण गरिने
बुद्धजयन्तीका अवसरमा लुम्बिनीमा पाँच सय ६७ बिरुवा रोपिने भएको छ । विकास कोषभित्र विभिन्न फलफूलका बिरुवा रोप्ने तयारी गरिएको विकास कोषका योजना प्रमुख तथा मञ्च, सरसफाइ र वृक्षरोपण उपसमितिका संयोजक भट्टराईले जानकारी दिए। विकास कोष परिसरमा आँप, लिचि, अम्बा लगायतका विभिन्न जातका फलफूलका बिरुवा रोपिने विकास कोषले जनाएको छ । लुम्बिनी र कपिलवस्तुमा विशेष सरसफाइ बुद्धजयन्ती नजिकिँदै गर्दा लुम्बिनी र कपिलवस्तुमा विशेष सरसफाइ अभियान चलाइएको छ । विकास कोषका कर्मचारी तथा नेपाली सेनाले लुम्बिनी परिसरमा विशेष सरसफाइ गरिरहेका छन् । शनिबार लुम्बिनी विकास कोषले शान्तिदीप, मायादेवी मन्दिरको बाहिरी क्षेत्र, मुख्य…
Read Moreबुद्ध जयन्ती तथा लुम्बिनी दिवसको तयारी सुरु
बुद्धजयन्ती तथा लुम्बिनी दिवसको अवसरमा विभिन्न कार्यक्रमको तयारी सुरु भएको छ । प्रत्येक वर्ष वैशाख शुक्लपूर्णिमाको दिनलाई गौतमबुद्धको जन्मजयन्तीका रुपमा मनाउने गरिन्छ । यसपटक वैशाख २२ गते परेको २५६७र्औं बुद्धजयन्तीलाई भव्य बनाउन लुम्बिनी विकास कोषले मुल व्यवस्थान समिति र विभिन्न उपसमिति गठन गरिसकेको छ । बुद्धजयन्तीको तयारीका लागि विकास कोषका उपाध्यक्ष भिक्षु अवधेशकुमार त्रिपाठीको संयोजकत्वमा मूलसमिति गठन गरिएको छ । विकास कोषका सदस्य सचिव सानुराजा शाक्यको संयोजकत्वमा सुरक्षा र स्वयमसेवक उपसमिति गठन गरिएको छ । त्यस्तै कोषाध्यक्ष सिद्धिचरण भट्टराईको संयोजकत्वमा प्रचारप्रसार उपसमिति र योजना प्रमुख सरोज भट्टराईको संयोजकत्वमा मञ्च, सरसफाइ…
Read Moreदुई दिने बौद्ध सम्मेलन सम्पन्न, नेपालबाट को को सहभागि ?
भारतमा दुई दिने विश्व बुद्धिस्ट सम्मेलन सम्पन्न भएको छ । भारतको संस्कृति मन्त्रालयको आयोजनामा भएको सम्मेलनको उद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका छन् । भारतको पद्मश्री समेत पाएका अमेरिकी प्राध्यापक रोबर्ट थुरमेन, भियतनाम बुद्धिस्ट संघका उपप्रमुख थिक त्रि कुआङ लगायतले सम्मेलनमा सम्बोधन गरेका थिए । भारतलाई बुद्धिस्ट संस्कृति र पर्यटनको विश्व केन्द्र बनाउने उद्देश्यले सम्मेलन आयोजना भएको भारतको युनिभसिर्टटी ग्रान्ट कमिसनले आफ्नो आधिकारिक ट्वीटर अकाउन्टमा उल्लेख गरेको छ । ‘समकालिन चुनौतीहरूको सम्बोधनः सिद्धान्तबाट व्यवहारसम्म’ नारा दिइएको सम्मेलनमा चिनियाँ अधिकारीहरू भने अनुपस्थित भएका छन् । भारतको अशोका होटलमा बिहिबार र शुक्रबार…
Read More१६ औँ बज्रगुरु जप कार्यक्रम सिन्धुपाल्चोकको इन्द्रावतीमा जारी
सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका १, थाले ओख्रेनीमा १६ औँ बज्रगुरु मन्त्र जप सुरु भएको छ । परम पुजनीय खेन्चे याङसी रिन्पोछे ज्युबाट बज्रगुरु जपको उद्घाटन र लुङ कार्यक्रम भएको छ । बज्रगुरु जप मन्त्र कार्यक्रम खेन्पो आचार्य कर्मा रिञ्जिङ शेर्पाको मुख्य सक्रियतामा भइरहेको हो । कार्यक्रमको आयोजक सिन्धुपाल्चोक शेर्पा समाज सेवा र सह आयोजक पेमी ङयुगु छोलिङ गोन्पा रहेको छ । बिहिवारदेखि सुरु भएको बज्रगुरु जप कार्यक्रमको तालिका यस्तो रहेको छ । कार्यक्रमको तालिका : वैशाख ७ गते : परम पुजनीयय खेन्चे याङसी रिन्पोछे ज्युबाट बज्रगुरु कार्यक्रम उद्घाटन तथा बज्रगुरुको…
Read Moreआमा याङ्रीमा साङ्दो पालरी गुम्बा उद्घाटन
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नं १ स्थित तार्केघ्याङ गाउँमा निर्माण गरिएको आमा याङ्री साङ्दो पालरी गुम्बा उद्घाटन गरिएको छ । हाल गुम्बा निर्माण गरिएको स्थानमा रहेको स्तुप २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएपछि वार्षिकरुपमा गरिदै आएको नियमित पूजापाठ लगायतमा असर परिरहेको कुरालाई मध्यनजर गर्दै गुम्बा निर्माण गरिएको हो । करिब ४ वर्ष अघिदेखि उक्त स्थानमा गुम्बा निर्माण कार्य सुरु भएको थियो । अमेरिकाको न्यूयोर्कमा बस्दै आएकी पेमा लामाको व्यक्तिगत प्रयासमा गुम्बा निर्माण भएको हो । करिब ५ करोड लगानीमा निर्मित गुम्बा मंगलवारदेखि औपचारिकरुपमा उद्घाटन गरि दर्शनका लागि खुल्ला गरिएको छ ।…
Read More