तिलोत्तमा राष्ट्रिय बौद्ध सम्मेलन स्थगित

अन्तर्राष्ट्रिय बुद्ध परियत्ती उदय विहारले गर्न लागेको तिलोत्तमा राष्ट्रिय बौद्ध सम्मेलन स्थगित भएको छ । कोरोना संक्रमणको प्रकोप अत्याधिक मात्रामा बढ्दै गएपछि सम्मेलन स्थगित गरिएको हो । यस बर्ष २०७८ सालको २५६५ बुद्ध सम्बत तथा २६४४ औं बुद्ध जन्म जयन्तीको अवसरमा सम्मेलन गरिन लागिएको थियो ।

पछिल्लो परिस्थितिलाई मध्यनजर राख्दै सम्मेलन स्थगित गरिएको सम्मेलनका संयोजक भिक्षु ज्ञानेन्द्रले विज्ञप्ति जारी गरेर जानकारी दिनुभएको छ ।

Share

Related posts