बौद्ध दर्शन र विज्ञानको सम्बन्ध, यथार्थसँग कति नजिक ?

सूर्य लोप्चन तामाङ
गौतम बुद्धको आफ्नो सिद्धान्त अनुसार धर्मबारे परिभाषा यसरी गरिएको छ – धर्म भनेको समाउनु हो तर के समाउनु भन्दा दुःख र कष्टमा परेका प्राणीहरुलाई मद्धत वा समाएर यथार्थ कुनै उत्तम उपायद्वारा उद्धार गर्नु हो । यसबारे महान गुरु डुक्पा रिन्पोछे भन्नु हुन्छ कि महायानी बौद्ध सिद्धान्तले सबै प्राणीलाई दुःख कष्टबाट कुनै सही र उत्तम उपायद्वारा उद्धार गरी निर्वाणको क्षेत्रमा र्पुयाउन, नराम्रो र दुःखपूर्ण जन्मबाट मुक्ति दिलाउन गरिने महान उपायलाई नै सही धर्म मानिन्छ ।

अहिले विश्वमा विज्ञानका नयाँ नयाँ अविस्कारले निकै चमत्कार गरिरहेका छन् । जल, स्थल र आकाशमा नयाँ नयाँ आविस्कारहरु प्रत्यक्ष देख्न सकिन्छ । जसले गर्दा हामीलाई निकै आकर्षण दिईरहेका छन् । ती सबै चमत्कारहरुले गर्दा हामी आकार्षित भएर हामी भौतिकवादी भइरहेका छौँ र आध्यात्मिक अर्थात् अलौकिक धर्मलाई अन्धविश्वास मानिरहेका छौं । जुन सरासर गलत हो र विशेष गरी बौद्ध धर्मलाई जसले अन्धविश्वास ठान्छ, ठूलो भूल हो ।

विज्ञानले भौतिक जीव, जगत, ज्योति, भूगर्भ र संसारको सत्य ज्ञान दिन्छ भने धर्मले सर्व विज्ञान आध्यात्मिक दुवै विशेष सम्पूर्ण सत्यलाई बोध गराउँदछ । त्यस्तै विज्ञानले अस्तित्वमा रहेको पदार्थहरुको मात्र ज्ञान दिन सक्छ तर धर्मले अस्तित्वमा रहेको र नरहेको दुवैको सत्य र पूर्ण ज्ञान दिन सक्दछ । तसर्थ, विशेष गरी बौद्ध धर्मलाई अन्धविश्वास भन्नु महामूर्खता हो । विज्ञानले जीवित रहुन्जेल मात्र हित गर्छ तर मृत्यु पश्चातको जीवनलाई केही गर्ने सक्तैन तर धर्मले जीवितका साथै मृत्यु पश्चातको अवस्थालाई पनि राम्रो ज्ञान दिन सक्दछ ।

बौद्ध दर्शन र विज्ञानवादी सिद्धान्त बीच सम्बन्ध

१. विज्ञान भन्छ – कुनै हेतु वा कारण विना कुनै परिणाम आउने छैन । जस्ले पानीको गति प्रवाहबाट मात्र विजुली उत्पादन हुन्छ नत्र सम्भव छैन ।
( बौद्ध दर्शन – प्रत्येक वस्तुहरु गतिशिल छन् । जुन अनित्य हुन । पूरानो ध्वंसपछि मात्र नयाँ निर्माण हुन्छ ।

२. विज्ञान – निम्न रुपबाट उच्च प्राणीको विकास हुर्दै जान्छ ।
( बौद्ध दर्शन – चित्त वा चेतनाको सृष्टि भएको छैन त्यसैले नास पनि हुदैन । यो कतैबाट आएको पनि होइन र जाने पनि छैन ।

३. विज्ञान – कुनै पदार्थको न त सृष्टि भएको छ न त नास नै हुनेछ ।
(बौद्ध दर्शन – हाम्रो शरिरमा विकासको सिमा रहन्छ र ज्ञानको सिमा रहदैन ।

४. विज्ञान – जति अध्ययन र्गयो उति गहिरो हुदै जान्छ, ज्ञानको सिमा छैन ।
( बौद्ध दर्शन – यो संसार कुनै कारण र हेतुबाट सृष्टि भएको हो, कुनै शक्ति र ईश्वरबाट भएको होइन ।

५. विज्ञान – यो संसार कुनै समयमा सूर्यको टुक्रा हुनुपर्छ, कुनै ईश्वर वा शक्तिको सृष्टिबाट भएको होइन ।
( बौद्ध दर्शन – जस्तो विउ त्यस्तै फल हुन्छ । जस्तो कर्म गर्छ फल त्यस्तै प्राप्त हुन्छ वा भोग्नु पर्ने हुन्छ ।

६. विज्ञान – प्रत्यक्ष क्रियाको विपरित प्रतिक्रिया हुन्छ । जस्तैः –क्रिया –कर्म, प्रतिक्रिया (फल)
(बौद्ध दर्शन – बौद्ध ग्रन्थ वा बुद्ध वाणीहरु तुरुन्त विश्वास नगर्नू, चिन्तन मनन गरेर मात्र स्वीकार्नु । त्यस्तै विज्ञानले पनि कुनै पनि सिद्धान्त र कुराहरुलाई प्रमाणित वा सिद्ध भएपछि मात्र अपनाउनु भनिएको छ ।

यी कुराहरुले के देखाउदछ भने धर्मको सही रुपले पालना गर्नाले आफू लगायत संसारमा सुख र शान्ति हुनेछ । धर्मले जीवन संचालन गर्ने उपाय सिकाउँदछ । एक अर्को संग मेलमिलाप गरेर बस्ने शिक्षा दिन्छ । रिस, लोभ, घमण्ड त्यागेर करुणामैत्री र अहिंसाको मार्ग हिड्न सिकाउछ । जसले गर्दा अन्धविश्वास होइन कि जीवन ज्ञापन र उन्नतीको मार्गको रुपमा लिनुपर्दछ । त्यसैले माथिका धेरै कुराहरुले प्रष्ट देखाउदछ कि विज्ञान र भगवान बुद्ध दुवैको समान धारणा रहेकोले बौद्ध दर्शनलाई बैज्ञानिक धर्म भनिएको हो । भगवान बुद्धले पनि अन्धविश्वासलाई कुनै मान्यता दिएको छैन । त्यसैले बैज्ञानिकहरुले बौद्ध दर्शनलाई बैज्ञानिक धर्मको रुपमा अबलम्बन गरिएका छन् । यसै बीच बैज्ञानिक डा. अल्बर्ट आईन्सटाईन्स भन्दछन,– “व्रम्हाण्डीय धर्म हुनलाई कुनै धर्म छ भने त्यो केवल बुद्धबाद वा धर्म हो ।” त्यस्तै वरटेन्ड रुसेल भन्दछन् “यदि कसैले मलाई कुन धर्म छान भनेर सोधेमा म बौद्ध धर्म मान्नेछु ।”

यस्ता बैज्ञानिक धर्म र विश्वले नै अनुभव र अनुसरण गरिरहेका बौद्ध धर्मका जन्म दाता भगवान गौतम बुद्धको जन्मभूमि नेपालमा आज हामी शान्ति र बौद्ध ज्ञान खोजिरहेका छौं यो कस्तो विडम्बना ?
(लेखक ’बुद्धिजम एण्ड पिस स्टडिज’ मा स्नाकोत्तर हुन् ।)

Share

Related posts