वैशाख १९ गते दोलखामा गुम्बा उद्घाटन हुँदै

दोलखा जिल्लाको जिरी नगरपालिका वडा नं. २ स्थित यलुङ गाउँमा गुम्बा निर्माण भइरहेको गुम्बा वैशाख १९ गते उद्घाटन गरिने भएको छ । ङाग्युर यिसे ख्युङजोङलिङ गुम्बा उद्घाटनका लागि दक्षिण भारत नाम्ड्रोलिङ गुम्बाका श्रद्धेय धर्मगुरु खेन्छेन नाम्ड्रोल रिन्पोछेज्यु सहभागि हुने कार्यक्रम रहेको छ ।

गुम्बा उद्घाटन कार्यक्रमसँगै आयु अभिषेक (छे वाङ) पनि प्रदान गरिदैछ । कार्यक्रममा सहभागि भई अभिषेक (वाङ) ग्रहण गरि पुण्यालाभ प्राप्त गर्न सम्पुर्ण भक्तजनमा आग्रह गरिएको छ ।

Share

Related posts