साक्या परम्पराको गद्दीधारी ४१औं साक्या गोङ्मा ठ्रिछेन रिन्पोछेको जीवनी

महाकरुणामय अवलोकितेश्वर महाभिषेक (वाङ्छेन) का लागि श्री परम पावन ४१ औं साक्या गोङ्मा ठ्रिछेन रिन्पोछे यतिबेला नेपालमा हुनुहुन्छ । नेपालमा रहेका बौद्धमार्गी अनुयायीलाई अभिषेक दिन उहाँ असोज ६ नेपाल आइपुग्नु भएको हो । उहाँले काठमाडौँको चावहिल, चुच्चेपाटीस्थित हायात ग्राउण्डमा असोज २७ गते हुने विशेष समारोहमा महाअभिषेक दिदै हुनुहुन्छ । महाभिषेक कार्यक्रम दिउँसो दिउँसो १२ बजदेखि सुरु हुनेछ । महासिद्ध मैत्रीयोगीको परम्पराको अति दुर्लभ महाकरुणामय अवलोकितेश्वर महाभिषेक बौद्ध धर्ममा एकदमै महत्वपूर्ण मानिन्छ । यो महाभिषेक एक मनुष्यलाई जीवनमा चाहिने सम्पूर्ण उपदेशहरूले सम्पन्न भएको पञ्चदेवको मण्डलवाला महाभिषेक (वाङ्छेन ) हो । यो…

Read More

४१ औँ साक्या गोङ्मा ट्रीछेन् रिन्पोछे नेपालमा, असोज २७ गते अभिषेक दिने

आउँदो असोज २७ गते अर्थात् १४ अक्टोबर, शनिबार महानगुरू ४१ औँ साक्या गोङ्मा ट्रीछेन् रिन्पोछलेले नेपालमा दुर्लभ महाभिषेक (वाङ्छेन) प्रदान गर्ने कार्यक्रम रहेको छ । ४१ औँ साक्या गोङ्मा ट्रीछेन् रिन्पोछे अभिषेकका लागि आइतवार भारतबाट नेपाल आइसक्नु भएको छ । उहाँले महाकरुणा आर्यअवलोकितेश्वरको महाभिषेक काठमाडौंको चुच्चेपाटी, बौद्धस्थित तारागाउँ म्युजियमको खुलाचौरमा प्रदान गर्दै हुनुहुन्छ । रिन्पोचेले प्रदान गर्ने अभिषेकको बारेमा जानकारी दिन सोमवार आयोजक व्योम कुसुमा बुद्धधर्मसंघले बौद्धस्थित उत्पला क्याफेमा पत्रकार सम्मेलन गरेको छ । आयोजकका अनुसार, यो भारतवर्षीय महासिद्ध श्रीमद्मैत्रियोगी (जगन्मित्रानन्द÷मित्रजोगी) परम्पराको असाधारण आर्यअवलोकितेश्वरको महाभिषेक विश्वशान्ति, सद्भाव, भाइचारा र मानवता’का…

Read More

बौद्ध शैक्षिक प्रतिष्ठानको शान्ति दीप यात्रा

विश्व शान्ति दिवसको अवसरमा हरेक वर्ष शान्ति दीप यात्रा गर्दै आएको बौद्ध शैक्षिक प्रतिष्ठानले यस वर्ष पनि स्वयम्भु महाचैत्यदेखि नमो बुद्धसम्म शान्ति दीप यात्रा गरेको छ । स्वयम्भूस्थित महाचैत्यको अमिताभ बुद्धमा २१ थरिको गेडागुडी दान सम्पन्न गरेपछि प्रतिष्ठानका सल्लाहकार रघुबरभक्त मानन्धर र बौद्ध संघ भक्तपुरका अध्यक्ष त्रिरत्न शाक्यबाट अमिताभ बुद्धको दर्शन पश्चात दीप यात्रा शुभारम्भ भएको थियो । बौद्ध शैक्षिक प्रतिष्ठानका अध्यक्ष मंगलकृष्ण मानन्धरले प्रत्येक वर्ष विश्व शान्ति विसका अवसरमा विश्व शान्तिको कामना गर्दै स्वयम्भू महाचैत्यदेखि नमोबुद्ध महाचैत्यसम्म दिपयात्रा गरिंदै आएको बताए ।

Read More

अति दुर्लभ महारुणामय अवलोकितेश्वरको महाभिषेक काठमाडौंमा हुँदै

महाकरुणामय अवलोकितेश्वर महाभिषेक (वाङ्छेन) काठमाडौँको चावहिल, चुच्चेपाटीस्थित हायात ग्राउण्डमा हुने भएको छ । आउँदो असोज २७ गते दिउँसो १२ बजदेखि महाभिषेक हुँदैछ । महाभिषेक ४१ औँ साक्या गोङ्मा ट्रीछेन् रिन्पोछेले प्रदान गर्ने महाभिषेक प्रदान गर्दै हुनुहुन्छ । महासिद्ध मैत्रीयोगीको परम्पराको अति दुर्लभ र एक मनुष्यलाई जीवनमा चाहिने सम्पूर्ण उपदेशहरूले सम्पन्न भएको पञ्चदेवको मण्डलवाला महाकरुणामय आर्यावलोकितेश्वरको महाभिषेक (वाङ्छेन ) बौद्ध धर्ममा अत्यन्तै महत्वपूर्ण मानिन्छ । यो दुर्लभ अभिषेक प्राप्त गरी आफ्नो अमूल्य जीवनलाई सार्थक तुल्याउनु श्रद्धालु धर्मावलम्वीहरुलाई आयोजक व्योम कुसुमा बुद्ध धर्म संघले आह्वान गरेको छ । कुसुमा बुद्ध धर्म संघ…

Read More

“नेपालका बौद्ध तीर्थस्थलहरू” भाग १ विमोचन

बौद्ध जागरण केन्द्रको आयोजनामा लेखक तथा सम्पादक गेशे थुब्तेन शेराबद्धारा लिखित “नेपालका बौद्ध तीर्थस्थलहरू” नामक पुस्तक विमोचन गरिएको छ । सोमबार काठमाडौंको हायत रिजेन्सीमा एक कार्यक्रम गर्दै पुस्तक विमोचन गरिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका माननीय मन्त्री सुदन किराँतीज्यूले पुस्तक विमोचन गरेका हुन् । पुस्तकको पहिलो खण्डमा नेपालमा बुद्धसंग सम्बन्धित तीर्थस्थलहरू लुम्बिनी उद्यान, तिलौराकोट, क्रकुच्छन्द बुद्धको नगरी, अरौराकोट, जोडी स्तूप, कुदानको न्यग्रोध विहार र रामग्राम स्तूपको बारेमा चर्चा गरिएको छ । त्यसैगरी लेखक गेशे थुब्तेन काठमाडौँ, पाटन, र भक्तपुरमा रहेका बोधिसत्त्व सम्बन्धित तीर्थस्थलहरू, बज्रयान सम्बन्धित तीर्थस्थलहरूको बारेमा…

Read More

नाम्चेमा ५२ फिट अग्लो गुरु रिन्पोचेको मूर्ति बनाइने

करिब १३ करोड लगानी र ५३ रोपनी क्षेत्रफलमा सोलुखुम्बु जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँ पालिका वडा नं ५ नाम्चे बजारस्थित (गाङल्हा) क्षेत्रमा ५२ फिट अग्लो पद्म सम्भव –गुरु रिन्पोचे)को मूर्ति बनाइने भएको छ । भदौ १३ गते नाम्चेमा निर्माण गरिने मूर्तिको शिलान्यास गरिएको छ । मूर्तिको शिलान्यास श्रद्धेय धर्मगुरु क्याब्जे देफुक रिम्पोचे ज्यूको बाहुलीबाट गरिएको हो । मूर्तिसँगै उक्त स्थानमा हिमालय पार्क समेत निर्माण गरिने बुद्ध पार्क निर्माण समितिका प्रवक्ताद्वय लामा काजी शेर्पा र छिमी काल्देन शेर्पाले जानकारी दिए । मूर्ति तथा पार्क बनाउनका लागि नाम्चेबासीबाट सहयोग अनुदान जुटाइने लामा…

Read More