परियत्ती शिक्षाको विकासमा ललितपुर महानगरपालिकाले सहकार्य गर्ने

बौद्ध शिक्षा दिने उद्देश्यले अखिल नेपाल भिक्षु महासंघद्वार सञ्चालित बौद्ध परियत्ती शिक्षाको विकासका लागि ललितपुर महानगरपालिकाले सहकार्य गर्ने भएको छ । परियत्ती शिक्षाको विकासमा कसरी योगदान दिन सकिन्छ भनेर केही दिन अघि महानगरपालिकाका पदाधिकारी र बौद्ध भिक्षुहरु बीच छलफल समेत भएको थियो ।

Read More

लुक्लादेखि सगरमाथाको चुचुरोसम्म बुद्धको स्टीकर

गौतम बुद्धको जन्मस्थल सम्बन्धी विभिन्न मुलुकमा रहेको भ्रम चिर्ने अभियानमा लागिरहेका चर्चित गायक धिरज राईले सोमबार काठमाडौँमा एक कार्यक्रम गर्दै यो अभियानमा पर्वतारोहीलाई पनि संलग्न गराएका छन् । पासाङ ल्हामु पर्वतारोहण केन्द्रमा भएको कार्यक्रममा गायक राईले ‘बुद्ध वाज बर्न इन नेपाल’ लेखिएको बुद्धको तस्वीर अंकित स्टीकर लुक्लादेखि सगरमाथाको चुचुरोसम्म राखिने बताए । ‘पर्वतारोहीले चिर्नेछन् बुद्धको भ्रम’ शीर्षकमा सुरु हुने यो अभियानमा गायक राईलाई १६ पटक सगरमाथा आरोहण गरेका जाङ्बु शेर्पाले साथ दिदैछन् । शेर्पाले बुद्ध वाज बर्न इन नेपाल लेखिएको स्टीकर सगरमाथाको चुचुरोसम्म पुर्याउने प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा ५०…

Read More

अत्याधुनिक ध्यान केन्द्र निर्माण कार्य तिव्र, कार्यालयको औपचारिक उद्घाटन

धर्मगुरु श्याल्पा तेञ्जिङ रिम्पोछेको अगुवाई र परिकल्पनामा बुद्ध जन्मस्थल लुम्बिनीमा बनाइन लागिएको अत्याधुनिक ध्यान केन्द्र निर्माण कार्य तिव्रताका साथ अघि बढिरहेको छ । महाशिद्ध स्याक्चुरी फर युनिभर्सल पिस नामक उक्त ध्यान केन्द्र परियोजनाको कार्यालयको शुक्रबार काठमाडौँको महांकालमा औपचारिक उद्घाटन गरियो । कार्यक्रममा आर्किटेक्ट जोनी क्याम्बर र स्ट्रक्चरल इन्जिनियर वोङ सेयाङले ध्यान केन्द्रको भिडियो प्रेजेन्टेसन गरेका थिए । धर्मगुरु श्याल्पा तेञ्जिङ रिम्पोछेले ध्यान केन्द्रको अवधारणा सन् २०१३ देखि सुरु भएको बताए । नेपालका लागि अमेरिकी राजदुत र्याण्डी डब्ल्यू.वेरी पनि सहभागि थिए । उनले ध्यान केन्द्र सबै धर्मावलम्वीका लागि साधना गर्ने स्थान…

Read More

समर क्याम्पमा बुद्ध शिक्षा

विद्यार्थीलाई बुद्ध शिक्षा सम्बन्धी व्यवहारिक ज्ञान दिने उद्देश्यले गरिएको २ दिने समर क्याम्प सकिएको छ । युवा बौद्ध संघ नदीपुर, पोखराले गरेको उक्त क्याम्पमा विभिन्न विद्यालयका ३५ विद्यार्थी सहभागि थिए । विद्यालय तहदेखि नै बौद्ध शिक्षा दिदाँ उनीहरुमा सकरात्मक सोचको विकास हुनुका साथै शान्ति र करुणाको भावना समेत विकसित हुने आयोजकको भनाई छ । क्याम्पमा सहभागि भएका विद्यार्थीले बौद्ध शिक्षाको व्यवहारिक ज्ञान पाउँदा आफुहरु हर्षित बनेको प्रतिक्रिय दिएका छन् । २ दिने क्याम्पमा लिएको शिक्षाले बौद्ध शिक्षाको विषयमा थप जान्न हौसला मिलेको समेत उनीहरुले बताएका छन् ।

Read More

पञ्चशील भाग १ पञ्चशीलमा पाँचवटा प्रमुख नियमहरू

बौद्ध धर्ममा पञ्चशीलको ठूलो महत्व रहन्छ। पञ्चशीलमा पाँचवटा प्रमुख नियमहरू रहन्छन्। १ प्राणी हिंसाबाट टाढा रहने। २ झूठो बोल्न बाट टाढा रहने। ३ चोरी नगर्ने। ४ व्यभिचार नगर्ने। ५ मध्यपान नगर्ने।

Read More

गुम्बा पुनःनिर्माणको रकम फ्रिज

विसं २०७२ को भूकम्पले क्षति पुगेको गुम्बा पुनःनिर्माणका लागि प्राप्त बजेट काम नै शुरु नभई फ्रिज भएको छ । भूकम्प गएको चार वर्ष बितिसक्दासमेत क्षति भएका गुम्बाको लाभग्राही सूची नै प्रकाशित नगरेका कारण काभ्रेपलाञ्चोक जिल्लामा गुम्बा पुनःनिर्माणको काम शुरु नै भएको छैन । तर असारको अन्तिम सातामा आएर लाभग्राहीको सूचीमा परेका गुम्बाको विवरणसँगै पुनःनिर्माणका लागि प्राप्त रु एक करोड ७४ लाख ६० हजार रकम भने रकम सम्झौतासमेत गर्न नपाउँदै फ्रिज भएको हो । अर्थ मन्त्रालयबाट समयमै बजेट विनियोजन नभएका कारण गुम्बा पुनःनिर्माणको काम शुरु गर्न नसकिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला…

Read More

बुद्ध वाज बर्न इन नेपाल अभियान अब एम्बुलेन्समा पनि

गौतम बुद्धको जन्म नेपालमा भएको भन्दै देशविदेशमा विविध प्रचारात्म्क कार्यक्रम गर्दै हिडेका गायक धिरज राइले एम्बुलेन्समा स्टिकर टाँस्ने अभियान सुरु गरेका छन् । मंगलबार उनले भक्तपुर क्यान्सर अस्पतालमा ३ वटा एम्बुलेन्स र त्यहाँ चिकित्सकहरुको सवारीमा बुद्ध वाज बर्न इन नेपाल लेखिएको स्टिकर टाँसेका छन् । भक्तपुरबाट सुरु भएको एम्बुलेन्समा स्टिकर टाँस्ने अभियान बुधबारदेखि देशव्यापी बनाउने गायक राईले बताए । गायक राईले केही दिन अघि चितवनको सौराहामा रहेका करिब १०० हात्तीमा पनि यस्तै प्रकारको बुद्धको तस्वीर अंकित स्टिकर टाँसेका थिए । उपत्यकाको ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजसँग मिलेर १ हजार ट्याक्सीमा…

Read More

बुद्ध मूर्ति निर्माणका लागि बेलायतबाट ३० लाख सहयोग

बेलायतमा रहेका नेपालीले स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका–६ दरौ–थाप्लेमा निर्माणाधीन बुद्ध मूर्तिका लागि आर्थिक सहयोग गरेका छन्। जुनकिरी च्यारिटी ग्रुपका सदस्य पार्वती गुरुङको पहलमा सङ्कलित ३० लाख आज पोखरामा आयोजित एक कार्यक्रमका बीच निर्माण समितिलाई प्रदान गरिएको छ।दरौ–थाप्ले बुद्ध मूर्ति निर्माण समितिका संयोजक विश्व गुरुङलाई पार्वती गुरुङका तर्फबाट विष्णु गुरुङ र जमुना गुरुङले उक्त रकम हस्तान्तरण गरे।समितिका संयोजक गुरुङले विदेशमा रहेका नेपालीको सहयोगले निर्माणाधीन कार्यमा थप सहयोग भएको भन्दै आभार व्यक्त गरे। गुरुङले बुद्धको मूर्तिले दरौ शिरुबारीको धार्मिक पर्यटन प्रवद्र्धन हुने विश्वास व्यक्त गरे।दरौ थाप्ले लेक भ्यू टावर एण्ड रिसोर्टका अध्यक्ष…

Read More