अत्याधुनिक ध्यान केन्द्र निर्माण कार्य तिव्र, कार्यालयको औपचारिक उद्घाटन

धर्मगुरु श्याल्पा तेञ्जिङ रिम्पोछेको अगुवाई र परिकल्पनामा बुद्ध जन्मस्थल लुम्बिनीमा बनाइन लागिएको अत्याधुनिक ध्यान केन्द्र निर्माण कार्य तिव्रताका साथ अघि बढिरहेको छ । महाशिद्ध स्याक्चुरी फर युनिभर्सल पिस नामक उक्त ध्यान केन्द्र परियोजनाको कार्यालयको शुक्रबार काठमाडौँको महांकालमा औपचारिक उद्घाटन गरियो ।

कार्यक्रममा आर्किटेक्ट जोनी क्याम्बर र स्ट्रक्चरल इन्जिनियर वोङ सेयाङले ध्यान केन्द्रको भिडियो प्रेजेन्टेसन गरेका थिए । धर्मगुरु श्याल्पा तेञ्जिङ रिम्पोछेले ध्यान केन्द्रको अवधारणा सन् २०१३ देखि सुरु भएको बताए ।

नेपालका लागि अमेरिकी राजदुत र्याण्डी डब्ल्यू.वेरी पनि सहभागि थिए । उनले ध्यान केन्द्र सबै धर्मावलम्वीका लागि साधना गर्ने स्थान बन्न सकोस् भन्ने शुभकामना दिए ।

करिब ६० करोड रुपैयाँ लगानीमा निर्माण गरिन लागिएको ध्यान केन्द्र ४ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

ध्यानकेन्द्रमा भिक्षुहरुलाई ध्यान गर्नका लागि आवास, पूजास्थल सहितको हुनेछ । स्तुप आकारमा बनाइन लागिएको ध्यान केन्द्र कोरियन गुम्बाको पछाडि निर्माण गरिनेछ । ध्यानकेन्द्रको डिजाइन चीन, मलेशिया र हङकङका आर्किटेक्ट डिजाइनरले गरेका हुन् । इन्जिनियरिङ हिसाबले पनि ध्यानकेन्द्र अत्यन्तै सुविधायुक्त हुने स्याल्पा रिम्पोछेको भनाई छ ।

तस्वीर सौजन्यः ल्हाक्पा शेर्पा

Share

Related posts

Leave a Comment