मानव जातिको सुख, शान्ति, आयु, धन, गुण एवम् ज्ञान वृद्धि गर्न र दशाग्रहरी शान्त गर्ने उद्देश्यका साथ गोदावरीस्थित छ्योइकु गोन्पामा एक दिने ठोइमा गणचक्र महापूजा आयोजन गरिएको छ । उक्त महापूजामा सिद्धि र बुद्धत्व प्राप्तिको योग, दशा ग्रह, शान्ति, धन आदि प्राप्तिका लागि निधिरक्षक धर्मपालहरुको पूजा, पाप परिसोधन तथा गणचक्र पूजा लगायतका कार्यक्रम गरिएको थियो । महापूजाको आयोजना विहान ६ देखि बेलुकी ७ बजेसम्म भएको थियो । महायोगको साधनाबाट सिद्धि तथा बुद्धत्व प्राप्तिका लागि योग अभ्यास, पूजापाठ लगायतका विविध कार्यक्रम गरिएको थियो ।
Read Moreमहिना: अप्रील 2019
संघ भनेको के हो ?
बुद्ध धर्ममा संघको ठुलो महत्व छ । बुद्ध, बुद्धको धर्म र बुद्धको संघलाई त्रिरत्नको रुपमा लिइन्छ । संघका नियमहरु विनयपिटकमा संग्रहित छन् । अंगुत्तरनिकायको कलमसुत्तमा बुद्धले आफ्नो अनुभव अनुसार धर्म पालना गर्ने स्वतन्त्रता दिएका तथा बुद्धले धर्मका सानातिना नियमहरु परिवर्तन गर्न सकिने उपदेश दिएका हुनाले बुद्धको परिनिर्वाण पश्चात बुद्ध धर्ममा विभिन्न प्रकारका संघहरु स्थापित भए । संघसम्बन्धी थप जानकारी लोचवा पुण्य प्रसाद पराजुलीबाट
Read Moreन्युयोर्कको शेर्पाहरुको बिशाल ल्हासो पूजा
पासाङ् फुटी शेर्पा, न्युयोर्क शेर्पा किदुग अमेरिकाले बसन्त ऋतुको आगमनसंगै धार्मिक तथा सांस्कृतिक परम्परा अनुसार ल्हासोल् पर्व भव्यताका मनाएको छ । अप्रिल १४ का दिन न्युयोर्क शहरबाट डेढ घण्टा उत्तरमा पर्ने काग्यु थुप्तेन क्षोलिङ् गुम्बामा उक्त ल्हासोल् पूजा सम्पन्न गरिएको हो । विहानको ९ बजे देखि लामाहरूबाट बिश्व शान्ति पूजा सहित कार्यक्रम शुरु भएको थियो । पुजा कार्यक्रम पछि लामाहरूद्वारा बिश्व शान्ति र प्राणी जगतको कल्याणको लागि विभिन्न धार्मिक नाचहरु प्रस्तुत गरिएको थियो । कार्यक्रममा शेर्पा कलाकारहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरे । त्यसपछि दानव शक्ति माथि देव शक्तिले विजय हासिल…
Read MoreHistoric Longchen Nyingthik Tsapod Empowerment is going on Shechen Monastery
Third day of the Historic Longchen Nyingthik Tsapod Empowerment by H.H Kyabje Shechen Rabjam Rinpoche at Shechen Monastery Kathmandu. As there are numbers of empowerment to complete each day, Kyabje Shechen Rabjam Rinpoche conferred two initiations today, the actual empowerment of Peaceful and Wrathful Deities known as “Thoroughly Cleansing the Lower Realms.” In addition, both the preparatory and actual empowerment of Yidam Palchen Dupa (Assembly of Herukas) were also given. Longchenpa is the one and only ornament that beautifies the Buddha’s teachings. Jigme Lingpa is the lord of two-fold tradition…
Read MoreNamo Buddha, one of the most sacred Buddhist site
Namo Buddha a magnificent Buddhist monastery lies 38 km east of Kathmandu with 1,750 meters. Namo Buddha is one of the most important pilgrim sites in the valley, particularly for Mahayana Buddhists. In one of his previous lives as a prince, it was here that the Buddha gave up his body out of compassion for a starving tigress and her cubs. It has a fantastic story concerned with the Buddha which is commemorated by an ancient stone slab and a Stupa with the all-seeing eyes of Lord Buddha. his holy…
Read More१४ औं बज्रगुरु पूजा सम्पन्न
सोलुखुम्बु – सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ८ केरुङ अवस्थित थेक्छेन साङगालिङ गुम्बामा भईरहेको १४ औं बज्रगुरु पूजा सम्पन्न भएको छ । भारतको महिसुर गुम्बाबाट आउनुभएका शरणनायक परमपूज्यनीय घ्याङखाङ रिन्पोछले छेवाङ (आयुअभिषेक) अर्पण गरेपछि ९ दिनदेखि जारी बज्रगुरु समापन गरिएको हो । तेङबोचे गुम्बाका शरणनायक अवतारी ङवाङ तेन्जिङ जाङपो रिन्पोछे र तोलका टुल्कु ङवाङ लोजाङ रिन्पोछेले बज्रगुरु पूजाको सुरुवात गरेपछि झ्याम्पाल ओङपो रिन्पोछे, टुल्कु स्याङटाक रिन्पोछे लगायत खेन्पो, लोपेन र लामाहरुले बज्रगुरु मन्त्र जप गर्नुभएको थियो । २०५७ सालमा निर्माण भएको थेक्छेन साङगालिङ गुम्बामा पहिलो पटक बज्रगुरु पूजा आयोजना गर्न पाउँदा अत्यन्तै…
Read Moreलुम्बिनी विश्वशान्ति शहर बनाउने विषयमा मुख्यमन्त्री र परिकल्पनाकार क्वाकबीच छलफल
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले लुम्बिनी विश्व शान्ति शहरका परिकल्पनाकार तथा योजनाकार प्राध्यापक डा. क्वाक योङ हुनसँग लुम्बिनीको बृहत्तर गुरुयोजनाका विषयमा छलफल गरेका छन्। भेटमा प्रा। डा। क्वाकले लुम्बिनीलाई विश्वकै आर्कषक शान्ति शहर बनाउन सकिने योजना कार्यान्वयनमा अग्रसर हुन मुख्यमन्त्रीलाई अनुरोध गरे। क्वाकले अघि सारेको लुम्बिनी विकासको योजना अहिलेको लुम्बिनी विकास कोषले काम गरिरहेको क्षेत्र भन्दा बाहिरको हो। बौद्ध दर्शनमा आधारित रहेर निर्माण गर्ने भनिएको शान्ति शहर बौद्ध धर्मावलम्बीका लागि मात्रै नभएर सबैका लागि आर्कषक बनाउने र लुम्बिनीको महत्व बढाउने खालको रहेको डा. क्वाकको भनाई छ। भेटमा मुख्यमन्त्रीले लुम्बिनी…
Read Moreभिक्षु अश्वघोषको योगदानको स्मरण गर्दै श्रद्धाञ्जलीसभा
केहि दिन अघि दिवंगत भएका नेपालका छैठौ संघनायक भिक्षु अश्वघोष महास्थवीरको योगदानलाई स्मरण गर्दै र उनको सुगती सहितको निर्वाणको कामना गर्न श्रद्धान्जली सभा आयोजना गरिएको छ । आइतबार काठमाडौँको राष्ट्रियसभामा आयोजित श्रद्धान्जलीसभामा सयौँ भिक्षु भिक्षुणी तथा उपासक उपासिकाहरुको उपस्थिति थियो । अखिल नेपाल बौद्ध भिक्षु महासंघको संयोजनमा भएको श्रद्धान्जलीसभामा विभिन्न बौद्ध संघसंस्था सहभागि भई छैठौ संघनायकले बौद्ध संस्कार र धर्मको क्षेत्रमा पुर्याउनु भएको योगदान स्मरण र उनले देखाएको बौद्धपथको अनुशरण गर्नु आवश्यक रहेको बताइयो । श्रद्धान्जलीसभामा पूर्व सभामुख तथा नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि उपस्थित थिए । भिक्षु…
Read Moreअन्तराष्ट्रिय बौद्ध दिवसको अवसरमा पुरस्कार तथा छात्रवृत्ति
अन्तराष्ट्रिय बौद्ध दिवसको उपलक्ष्यमा विश्व शान्ति विहारको आयोजनामा विश्व शान्ति बौद्ध शिक्षालयका श्रामनेर विद्यार्थीहरुलाई पुरस्कार वितरण तथा छात्रवृति सम्मान प्रदान गरिएको छ । विश्व शान्ती बौद्ध शिक्षालयका संयोजक एवं उपप्रधानाध्यापक मिम शाक्यले स्वागत मन्तव्य दिएको उक्त कार्यक्रममा संघनायक एवं शिक्षालयका संस्थापक श्रद्धेय ज्ञानपूर्णिक महास्थविरले अन्र्तराष्ट्रिय बौद्ध दिवसको उपलक्ष्यमा शुभकामना मन्तव्य व्यक्त गरे । कार्यक्रममा शिक्षालयका कक्षा ६ देखि कक्षा ९ सम्म अध्ययनरत विद्यार्थीहरु मध्ये पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्न सफल विद्यार्थीहरुलाई संघनायकद्वारा पुरस्कार वितरण गरिएको थियो । संघनायकले शिक्षालयमा अध्ययन गरिरहेका विद्यार्थीहरु मध्ये अनुशासनमा बसेका ३ जना श्रामणेर…
Read Moreनामसंगीती पाठ सम्पन्न
काठमाडौं गुणाकार महाविहार छुस्या बहालमा परम्परागत बौद्ध धर्म संघको नाम संगीति पाठ तथा प्रवचन कार्यक्रम सम्पन्न भएको छ । आर्य मञ्जुश्री नामसंगीति पर्वको उपलक्ष्यमा नामसंगीति पाठ गरिएको हो । परम्परागत बौद्ध धर्मसंघका सदस्यहरु लगायत काठमाडौंका विभिन्न विहारका नामसंगीति पाठ गर्ने समुहका सदस्यहरुले सामूहिक रुपमा पाठ गरेका थिए । प्रत्येक चैत पूर्णिमा ल्हुति पुन्हीको दिन नामसंगीति पर्व मनाउने र पाठ गर्ने परम्परा बौद्ध समुदायमा रहेको पाइन्छ । नाम संगीति पाठ पछि नेपाल परम्परागत बौद्ध धर्म संघका अध्यक्ष प्रा डा नरेशमान वज्राचार्यले उक्त अवसरमा नाम संगीतिबारे प्रवचन सम्बन्धी प्रवचन दिएका थिए ।
Read More