नेपालको लुम्बिनीमा सम्पूर्ण सत्व प्राणिहरुको कल्याणार्थ जन्मेका महाकारुणिक महामानव शाक्यमुनी सिद्धार्थ गौतम बुद्धको जन्म, सम्बोधिज्ञान लाभ र महापरिनिर्वाणको त्रि–संयोग भएको पवित्र दिन बैशाख पूर्णिमाको पावन अवसरमा ललितपुर महानगरमा ६८ वर्ष देखि निरन्तर रुपमा विभिन्न धार्मिक कार्यक्रमहरुको आयोजना गरी बुद्ध जयन्ती मनाउँदै आइरहेकोमा यो बर्ष सिमित रुपमा मात्र मनाइने प्रेस विज्ञप्तिमार्फत जानकारी दिइएको छ । २५६४ औं बुद्धजयन्ती मूल समारोह समिति ललितपुरले जारी गरेको विज्ञप्ति अनुसार, लिच्छवी राजा शिवदेव प्रथमद्वारा प्रतिस्थापित कलात्मक एवं पौराणिक, ऐतिहासिक ललितपुर महानगरको महत्वपूर्ण यस शिवदेव संस्कारित ओंकुलि श्री रुद्रवर्ण महाविहार, ओकुबाहाःमा २५६४औं बुद्ध जयन्ती समारोह आयोजना…
Read Moreमहिना: अप्रील 2020
यो वर्ष बुद्धजयन्तीमा वृहत कार्यक्रम नगर्ने नेपाल बौद्ध महासंघको निर्णय
कोरोना भाइरसका कारण नेपाल सहित विश्व नै आक्रान्त बनेका कारण नेपाल बौद्ध महासंघले यो वर्ष बुद्ध जयन्तीमा वृहत कार्यक्रम नगर्ने भएको छ । महासंघले विज्ञप्ती जारी गर्दै आउँदै गरेको २५६४ औँ बुद्धजयन्ती वृहतरुपमा कार्यक्रम आयोजना नगर्ने निर्णय गरेको हो । कोरोना भाइरसको महामारीबाट जोगिन विश्वभर नै अधिकांस मुलुकमा लकडाउन गरिएको र नेपाल सरकारको निर्देशन अनुसार भिडभाड गरेर सभा-सम्मेलन गर्न रोक लगाइएका कारण र महामारी फैलिन नदिन महासंघले बुद्धजयन्तीमा विशेष कार्यक्रम नगर्ने भएको हो । महासंघका अध्यक्ष आचार्य नुर्बु शेर्पाद्वारा प्रेशित विज्ञप्तीमा विभिन्न गुम्बा, विहार, बौद्ध संघसंस्थाहरुलाई पनि सरकारको निर्देशन अनुसार…
Read Moreबुढानिलकण्ठ नगरपालिकाको विपद व्यवस्थापन कोषमा बौद्ध महायान केन्द्रको ५० हजार सहयोग
नेपाल बौद्ध महायान केन्द्र गुम्बाले बुढानिलकण्ठ नगरपालिकाले स्थापना गरेको विपद व्यवस्थापन कोषमा ५० हजार रुपैयाँ सहयोग गरेको छ । कोरोना भाइरसको महामारीका कारण गरिएको लकडाउनले समस्यामा परेको सर्वसाधारणलाई सहयोग गर्न नगरपालिकाले स्थापना गरेको कोषमा गुम्बाले सहयोग गरेको हो । नेपाल बौद्ध महायान केन्द्र गुम्बा बुढानिलकण्ठ-११ का प्रतिनिधिले सहयोग रकम नगर प्रमुख उद्धव खरेललाई हस्तान्तरण गरेका थिए । विपत्तिको बेला सहयोग रकम प्रदान गरेर गुम्बाले ठूलो सहयोग गरेको भन्दै नगरप्रमुख खरेलले धन्यवाद ज्ञापन गरे ।
Read Moreबुद्ध चेतना, पर्यावरण र मानव
प्रा.डा. गोपी उप्रेती जीवन बच्ने र मर्ने त्रासदीपूर्ण परिवेशमा हामी बाँचिरहेका छौं। बाँच्नका लागि हरसम्भव उपाय अपनाएर सुरक्षित हुने कोसिस गरिरहेका छौं। अहिले मानव समाजले सामना गर्नुपरेको अस्तित्वको संकट पनि प्रकृतिसँगको मानवको असन्तुलित सम्बन्धको कारणले नै भएको हो। मानवको पर्यावरण प्रणाली र अन्य जीव प्राणीसँगको सम्बन्धको प्रकृति, उसको खानपिन र सामाजिक संस्कृति इत्यादिले सिर्जना गरेको संकट हो। पशुपन्छी तथा अन्य जीवबाट मानवमा संक्रमण भएका रोग मानवले पर्यावरण प्रणालीमा ल्याएको विचलनका कारणले भएका तथ्य प्रकाशमा आएका छन्। हामी सबैलाई थाहा छ, हामीले एक दिन यस धर्तीबाट बिदा लिनुपर्छ। तर जब अप्रत्याशित…
Read Moreहरेक कुरा परिवर्तनशील छ भन्दै १७ औँ कर्मपाबाट कोरोना महामारीबाट जोगिन आग्रह सहित विशेष सम्बोधन
अहिले विश्व नै कोरोना भाइरसको चपेटामा परेको छ । यो भाइरसकै कारण लाखौ संक्रमित बनेका छन् भने १ लाख ३५ हजार जतिले ज्यान गुमाइसकेका छन् । कोरोना भाइरसले विकसित तथा अविकसित सबै राष्ट्रमा उत्तिकै असर पुर्याइरहेको छ । यस्तो अवस्थामा अहिले हामी सबैले सचेत भई यो महामारीको प्रकोप फैलन नदिने उपायहरु अवलम्वन गर्नुको विकल्प रहेको छैन । महामारीको प्रकोप बढ्दै गइरहेको पछिल्लो अवस्थामा १७ आँै परम पूजनिय ग्यलवांग कर्मपा ओर्गेन ठिनले दोर्जेले विश्व शान्तिको कामना सहित आगामी हप्तादेखि विशेष पूजा गरिने जानकारी दिदै कोरोना महामारीबाट जोगिन अनुरोध गर्दै विशेष सम्बोधन…
Read Moreलुङ्ताको महत्व र परिभाषा
बौद्ध धर्ममा लुङ्ताको विशेष महत्व रहेको छ । पञ्चरंगी विभिन्न ५ जनावरको चित्र अंकित लुङ्तामा राखिएका प्रत्येक जनावर सांकेतिकरुपमा राखिएका हुन् । लुङ्ता शव्दमा रहेको लुङले पञ्चतत्व पृथ्वी, जल, अग्नी, वायु र ब्रह्माण्डलाई जनाउँछ । अर्थात् लुङको अर्थ सर्वव्यापी अर्थ हुन्छ । त्यस्तै ताको अर्थ उच्च वेगको घोडा भन्ने जनाउँछ । प्राचीन तिब्बतमा घोडालाई तिब्रताको प्रतिकको रुपमा लिइन्थ्यो । तिब्बती प्रचलन र संस्कार अनुसार लुङ्ता भन्नाले वायुकै तेज बराबरको अर्थात् वायुपंखी घोडा भन्ने पनि बुझिन्छ । लुङ्ता राख्नाले शुभकार्य, मनोकांक्षा पुरा गर्ने, पुण्य प्राप्ति लगायत प्राप्त हुने लगायतका विविध फाइदा…
Read Moreलुम्बिनीमा प्रदुषण घट्यो
काठमाडौंभन्दा पनि उच्च प्रदूषण रहने लुम्बिनी क्षेत्रको वायु स्वच्छ भएको छ। सरकारले घोषणा गरेको लकडाउनको कार्यान्वयनसँगै यस क्षेत्रको प्रदूषण घटेको हो। भैरहवा, बुटवल क्षेत्रमा हुने विकास निर्माणले यस क्षेत्रमा उच्च प्रदूषण मापन हुँदै आएको थियो। गत वर्षको यही समयको तुलनामा यस क्षेत्रको प्रदूषण ह्वात्तै घटेको हो। १२ दिनदेखि सवारी साधन, उद्योग, कलकारखाना, सर्वसाधारणको हिँड्डुल, सडक निर्माणलगायत सबै काम ठप्प छन्। युनिभर्सिटी अफ न्यू मेक्सिको नेपाल स्टडी सेन्टरको प्राविधिक सहयोगमा भैरहवास्थित निमा–प्रतिमान स्मृति प्रतिष्ठानले गरेको खोज–अनुसन्धानमा भैरहवा प्रदूषणको उच्च चपेटमा रहेको पाइएको थियो। प्रदूषणले बालबालिका बिरामी भएर विद्यालयको अध्ययापन छुट्नेदेखि मानवीय…
Read Moreबिआइएमा आश्रित करिब ५० जनालाई बुद्धवचनको खाद्यान्न सहयोग
भोट भाषामा रहेको प्रज्ञा पारमितालाई नेपाली भाषामा अनुवाद गर्दै आएको बुद्धवचन अनुवाद समिति, नेपालले कोरोना भाइरसका कारण गरिएको लकडाउनले मारमा पर्दै आएका श्रमिक, मजदुर लगायतका विपन्न परिवारलाई सहयोगको अभियान समेत चलाएको छ । यसैक्रममा समितिले बिहिबार काठमाडौँको नारायणटारमा रहेको बोधिसत्व इन एक्सन (बि.आइ.ए.)मा आश्रित शारिरिक अशक्तता भएकाहरुलाई सहयोग गरेको छ । सहयोग प्रदान गर्दै समितिका संयोजक टीका शेर्पाले विपतको घडीमा सामाजिक दायित्व अन्तर्गत सहयोग गरिएको बताए । संयोजक शेर्पा सहित तामाङ भाषाको चलचित्रकी अभिनेत्री शुकमाया तामाङ लगायतको समूह बि.आइ.ए.को कार्यालय राहत सामाग्री सहित पुगेको थियो । समितिले करिब ५० जनाको…
Read Moreनेपाली बौद्ध वज्रयान
वसन्त महर्जन विभिन्न धर्मदर्शनको विकासका क्रममा अनेकौं सम्प्रदाय देखा पर्नु र सोही अनुसार अभ्यास हुनु स्वाभाविक हो । बौद्ध धर्मदर्शन पनि यसबाट अछुतो छैन । यसबाहेक स्थान वा समुदाय विशेषसँग सम्बन्धित भएर पनि बौद्ध धर्मले बेग्लै पहिचान बनाएको छ । चारित्रिक विशेषतालाई ध्यानमा राखेर पाश्चात्य जगत्ले राखिदिएको नाम ‘नेवार बुद्धिज्म’ नेवार समाजमै पाच्य भएको छैन । उनीहरू ‘नेपालमण्डलको बौद्ध धर्म’ राख्न सुझउँछन् । बरु यसैलाई ‘नेपाली बौद्ध धर्म’ भनेर अगाडि बढ्दा युक्तिसङ्गत हुने देखिन्छ । बौद्ध धर्मलाई नेपाली, चिनियाँ, जापानी, कोरियाली भनेर बेग्लाबेग्लै रूपमा लिन नहुने र जहाँ पुग्यो त्यहींको…
Read Moreलकडाउनले समस्यामा परेका ७० जनालाई बुद्धवचन अनुवाद समितिको सहयोग
काठमाडौं । बुद्द वचन अनुबाद समिति नेपालले लकडाउनको समयमा समस्यामा परेका गोकर्णेश्वर ८ मा बसोबास गर्दै आएका श्रमजीवी, मजदुर, दैनिक ज्यालादारी गर्ने कामदारहरुका लागि राहत सामाग्री बितरण गरेको छ । करिब ७० जना पिडितहरुलाई दाल, चामल, नुन तेल लगायतका अत्यावश्यक राहत सामग्री बितरण गरिएको कार्यक्रम समितिका संयोजक टीका शेर्पाले बताए । परिवारको संख्या हेरेर चामल १० किलोग्रामसम्म प्रदान गरिएको छ । सरकारले राहत सामाग्री वितरण गर्न ढिलाई गरेको गुनासो गर्दै शेर्पाले भने ‘सल्लाह गर्दागर्दै सात गाउँ डुब्ने भन्ने उखान पो याद आयो ।’ सरकारले राहत वितरण गर्न तदारुकता नदेखाएपछि…
Read More