लकडाउनले समस्यामा परेका ७० जनालाई बुद्धवचन अनुवाद समितिको सहयोग

काठमाडौं । बुद्द वचन अनुबाद समिति नेपालले लकडाउनको समयमा समस्यामा परेका गोकर्णेश्वर ८ मा बसोबास गर्दै आएका श्रमजीवी, मजदुर, दैनिक ज्यालादारी गर्ने कामदारहरुका लागि राहत सामाग्री बितरण गरेको छ । करिब ७० जना पिडितहरुलाई दाल, चामल, नुन तेल लगायतका अत्यावश्यक राहत सामग्री बितरण गरिएको कार्यक्रम समितिका संयोजक टीका शेर्पाले बताए । परिवारको संख्या हेरेर चामल १० किलोग्रामसम्म प्रदान गरिएको छ ।

 

सरकारले राहत सामाग्री वितरण गर्न ढिलाई गरेको गुनासो गर्दै शेर्पाले भने ‘सल्लाह गर्दागर्दै सात गाउँ डुब्ने भन्ने उखान पो याद आयो ।’ सरकारले राहत वितरण गर्न तदारुकता नदेखाएपछि प्रज्ञा पारमितालाई नेपाली भाषामा अनुवाद गर्दै आएको संस्था भएपनि सामाजिक उत्तरदायित्व अन्तर्गत राहत वितरण गरेको शेर्पाको भनाई छ । सानो परिवारलाई २ हप्तासम्म पुग्ने खाद्यान्न प्रदान गरिएको शेर्पाले बताए ।

समस्यामा परेका अन्य सर्वसाधारणलाई पनि आफुले सकेको सहयोग गर्न समितिले आग्रह गरेको छ ।

Share

Related posts