लामा सांगे लेग्देन भूपेन
༄༄ ༏ ༏ ཨོྃ་ཨ་ཧཱུྃ་བཛྲ་གུ་རུ་པདྨ་སིདྡཱི་ཧཱུྃ ༔
ॐ आ हु बज्र गुरु पद्म सिद्धि हु ༔
ྲ༈ མ་ཧཱ་གུ་རུ༔གུ་རུ་རིན་པོ་ཆེ༔
महागुरु पद्म संभव, तत्कालीन उडीयान राज्यको, हाल (पाकिस्तान पन्जाप प्रान्त) राजा ईन्द्रबोधीको प्राप्त धर्म पुत्र विद्याधार, महातान्त्रिक साधकको, शताब्दीयौं अघि उत्तम जन्म, पद्मकेशरबाट हिमाली पात्रोको छैटौं महिनाको दशमी तिथिमा प्राणी मात्रको कल्याणार्थ जन्म, आगमन भएको थियो |
तत्कालीन मगध राज्यमा, हाल (भारत बिहार) अवस्थित नालन्दा बौद्ध विश्व विद्यालयमा शास्त्रीय अध्यान अध्यापन पश्चात् नेपालको फर्पिङ असुरा गुफामा सम्यक बज्र किलयाको अति गुह्यमन्त्र साधनाबाट सिद्ध प्रात भई स्थानीय तैथ्रिकहरुलाई नियन्त्रणमा लिदै नेपालको हिमाली तथा केही पहाडी भाग भारतको लद्दाक आदि हिमाली क्षेत्र भोट भुटान देशमा सुर्यको किरण झैं बौद्ध दर्शन प्रचार प्रसार पश्चात् बुद्ध दर्शन प्रचारार्थ गन्धर्व लोक प्रथान गर्नु भएको थियो ।
गुरु रिन्पोछेको शुक्रबार चैत २१ गते हिमाली छैटौं महिना दशमी तिथिमा उहाँको शुभ जन्मतिथि भएकोले अहिलेको यो भयकालमा उहाँको आराधना गाता (मन्त्र)
༈ ཨོཾ་ཨཱ་ཧཱུ་བཛྲ་གུ་རུ་པདྨ་སིདྡཱི་ཧཱུྃ༔
ॐ आ हु बज्र गुरु पद्म सिद्धि हु ༔
बिशेष आज देख्दा सुन्दा र दैनिक तप जप र साधना गर्नाले हाम्रो जीवनमा अचानक आई पर्ने भयानक प्राकृतिक प्रकोप अकल्पनीय दुर्घटना रोग डर भोकमरि असफलता आदि क्षणिक विघ्न नष्ट भई दीर्घकालमा साध्य ध्यानबाट प्राप्त पुण्य सम्भारले क्रमिक क्लेस आवरण नष्ट भई परम सत्य बोध आदि असंख्य पुण्य लाभ फाईदा हुने भएकोले उहाँको आरधाना जप तप,तथा प्रचार प्रसार गरि अथाह पुण्य आर्जन गर्न, गराउन सबैमा विनम्र अनुरोध गर्दछु ।।

