हरेक कुरा परिवर्तनशील छ भन्दै १७ औँ कर्मपाबाट कोरोना महामारीबाट जोगिन आग्रह सहित विशेष सम्बोधन

अहिले विश्व नै कोरोना भाइरसको चपेटामा परेको छ । यो भाइरसकै कारण लाखौ संक्रमित बनेका छन् भने १ लाख ३५ हजार जतिले ज्यान गुमाइसकेका छन् । कोरोना भाइरसले विकसित तथा अविकसित सबै राष्ट्रमा उत्तिकै असर पुर्याइरहेको छ । यस्तो अवस्थामा अहिले हामी सबैले सचेत भई यो महामारीको प्रकोप फैलन नदिने उपायहरु अवलम्वन गर्नुको विकल्प रहेको छैन । महामारीको प्रकोप बढ्दै गइरहेको पछिल्लो अवस्थामा १७ आँै परम पूजनिय ग्यलवांग कर्मपा ओर्गेन ठिनले दोर्जेले विश्व शान्तिको कामना सहित आगामी हप्तादेखि विशेष पूजा गरिने जानकारी दिदै कोरोना महामारीबाट जोगिन अनुरोध गर्दै विशेष सम्बोधन व्यक्त गर्नु भएको छ ।

१७ औ परम पूजनीय ग्यलवांग कर्मपा ओर्गेन ठिनले दोर्जे ज्यूले दिनु भएको सम्बोधन यसप्रकार रहेको छ ।

सर्वप्रथम नमस्कार टक्राउदछौं ।
सबैलाई ज्ञात भएकै कुरा हो । महामारी “कोरोना भाईरस”अहिले विश्व भरी नै तिव्र गतिमा फैलि रहेको र अकल्पनीय संकट सृजना गरीरहेको छ । हुन त म अहिले एकान्तवास यानेकी सामाजिक दूरीमा बसिरहेको छु । तर पनि यो अवस्थाले गर्दा सहन नसकेर आज म केहि शब्द बोल्न गइरहेको छु ।

जब यो महामारी विश्वमा फैलिनु थाल्यो तब देखि नै सबैले दैनिक रोजि रोटि, स्वास्थ्य लगायतमा धेरै अभाव र प्रभाव झेल्नु परिरहेको छ । त्यसैले आउने दिनहरुमा के कस्तो हुने होला भनि केहि निश्चित नभएकोले सबै जना चिन्तितमा छन् । सर्व धर्म (वस्तु) हरु अनित्य छन् भनि बुध्द भगवानले भन्नु भएझैं हामीहरुको जीवनमा जस्तो सुकै परिस्थितिहरु आई परे पनि तिनीहरु सदैव रहिरहन सक्दैन, पलपल परिवर्तन भईरहन्छ ।

कहिले कहिँ हाम्रो चाहनासँग मिल्दो केहि सकरात्मक परिवर्तन वा आफ्नो अपेक्षा भन्दा अधिक सकरात्मक परिवर्तनहरु भयो भने अझै त्यो भन्दा पनि धेरै र तिव्र गतिमा परिवर्तनहरु होस भन्ने चाहना राख्दछ । अफसोच, त्यस विपरित अपेक्षित गरे भन्दा बाहिरको नकरात्मक परिवर्तनहरु भयो भने हाम्रो मनमा धेरै डर, त्रास अनि के गरौं, के नगरौंको परिस्थिति सृजना हुन्छ । तसर्थ महा अनित्य (ठूलो संकट) सृजना भएको बेला अलि कति पनि नआत्तिकन जति सक्दो नडराई अनित्यताको चिन्तन गर्नु पर्ने महत्वपूर्ण ठान्दछु ।

त्यसो गर्नाले अहिलेको जस्तो ठूलो संकटको पनि सामना गर्न सक्दछौं । जस्तै उद्धाहरणः धेरै वस्तुहरु हामीले सामान्य नै ठान्दछौं, वास्तमा ती सबै महत्वपूर्ण र बहुमुल्य हुने गर्दछन् । हाम्रो शरीर आरामदयी र स्वास्थ्य पनि सामान्यरुपमा नै हुनु पर्दछ । अनि आफ्नो प्रियजनहरु संगको मिलनमा कति धेरै हर्षित हुने गर्दछौं । सधैव हामीले सकरात्मक सोचहरु राख्न सकेमा यस संकटकालको घडिलाई पनि जित्न र केहि कुराहरु पनि सिक्न सक्दछौं । मलाई लाग्छ यसो गर्नाले सबैलाई लाभ हुनेछ ।

अहिलेको यस वर्तमान महामारीले पुरुष, महिला त्यसरी नै जातिय भेदभाव एवम् धनी गरिव, बल निर्वल वा शक्तिशाली राष्ट आदि केहिलाई पनि भेदभाव गर्दैन । जस्तै सयुक्त राज्य अमेरिका, इटाली, स्पेनजस्ता शक्तिशालि राष्टहरुलाई पनि यो महामारी संग लड्न हम्मेहम्मे भइरहेको छ भने विकासको चरणमा रहेका अविकसित देशहरुलाई झनै कठिनाईको सामाना गर्नु पर्ने हुन्छ ।

एउटा देशमा एक जना मात्र कोरोना संक्रमित छ भने पनि त्यसले गर्दा विश्वलाई नै खतरा हुने हुँदा विश्वका हामी संंम्पूर्ण मानव जातीहरु यस महामारी विरुद्ध एक भएर लडेमा निश्चय पनि महामारी विरुद्ध हाम्रो जीत हुनेमा म पूर्ण विश्वस्त छु । अहिले हरेक दिन कोरोना संक्रमित व्यक्ति बृद्धि भइरहेको र मृतकको संख्या पनि सय, हजार हुँदै लाखौ देखि रहेको हुँदा के साँच्चै नै हामी पनि जिवित नै छौ र ? जस्तो भान हुँदै छ । वास्तवमा तिनीहरु पनि हामी जस्तै सास फेरिरहेका जीवित व्यक्तिहरु नै थिए ।

विशेष गरी यस महामारी संगको लडाईमा आफूलाई समर्पित गर्दै विरामीहरुको हेरचाह गर्नु हुने सम्पूर्ण डाक्टर नर्सहरु हार्दिक कृतज्ञता र उवाँहरुको यस कुसल कार्यहरु प्रति अनुमोदन गर्न चाहन्छु । त्यसैले वहाँहरु प्रति समर्थन जनाउनको निम्ति यहि आउँदो शनिवारदेखि प्रत्येक दिनको एक घण्टा सञ्चार माध्यमद्वारा हामीहरु संगै एक हप्ता सम्म पाठ पूजामा सहभागि हुन सम्पूर्ण बौध्दमार्गीहरुमा यो अनुरोध गर्न चाहन्छु । समय तालिका पछि घोषणा गर्ने छौं । यस पुण्यले जगतमा शान्ति समृद्धी एवम् अति सिघ्र विश्व नै महामारी कोरोना भाइरस मुक्त होस् ।

 

Share

Related posts