अध्येता वसन्त महर्जनको पुस्तक ‘बौद्ध दर्शन सहज चिन्तन’ सार्वजनिक

अध्येता वसन्त महर्जनको पुस्तक ‘बौद्ध दर्शन सहज चिन्तन’ प्रकाशित भएको छ। बौद्ध दर्शनका विविध पक्षमा अध्ययन, अनुसन्धान तथा लेखन गर्दै आएका महर्जनको यो दशौं कृति हो। यस पुस्तकमा बौद्ध दर्शनका विविध पक्ष र विषयवस्तुको चर्चा, चिन्तन–मनन र विश्लेषण गरिएका ५४ वटा आलेख सङ्गृहीत छन्। शास्त्रीय पद्धति अनुसार नभएर बौद्ध दर्शनलाई सर्वसुलभ बनाउन र सर्वसाधारण माझ सहज चिन्तनको संस्कृति बसाल्न यो पुस्तक लेखिएको महर्जनले बताए। बौद्ध दर्शनको मूलभूत मान्यताका रूपमा लिइने त्रिलक्षण अन्तर्गतको अनित्य, दुःख र अनात्म, प्रतीत्यसमुत्पाद, मध्यम मार्ग, विभिन्न यान र सम्प्रदायको विकास तथा त्यसको तात्पर्यमाथि पुस्तकमा चर्चा गरिएको छ। यसरी…

Read More

हेलम्बुमा गुम्बा पुनःनिर्माण र ३ महिने बौद्ध शिक्षा गर्दै नेपाल बौद्ध संघ

नेपाल बौद्ध संघले सोमवार हेलम्बु गाउँपालिका वडा नं ६, लामाटोलस्थित ज्याङ्छ्युक सेम्प घ्याङ गुम्बा पुनःनिर्माण तथा ३ महिने बौद्ध शिक्षा सम्भोटा लिपी कक्षा सञ्चालन गरिने भएको छ । गुम्बा पुननिर्माण र कक्षा सञ्चालन नेपाल बौद्ध संघले गर्ने भएको हो । गुम्बाका प्रमुख लामा लाक्पा दोर्जे लामाको अध्यक्षतामा ज्याङ्छ्युक सेम्प घ्याङ गुम्बा पुनःनिर्माण तथा ३ महिने बौद्ध शिक्षा सम्भोटा लिपी कक्षा सञ्चालनको विषमा छलफल भएको छ । सोमवार भएको छलफल कार्यक्रममा नेपाल बौद्ध संघका कार्यकारी निर्देशक सर्विन्द्र ठाकुर, कार्यक्रम संयोजक काइला लामा सहितका प्रतिनिधि, वडाका प्रतिनिधि, गुम्बाका प्रतिनिधि सहित ६० भन्दा…

Read More

बुद्ध जन्मस्थलमा शाकाहारी भोजन

बुद्ध जन्मस्थल लुम्बिनीमा शाकाहारी खाना अभियान सुरु भएको छ । लुम्बिनीस्थित राजकीय थाई बिहार परिसरमा निःशुल्क शाकाहारी खाना खुवाउन सुरु गरिएको हो । विश्व प्रकाश प्रतिष्ठान, काठमाडौंले थाई विहारसँगको सहकार्यमा यहाँ निःशुल्क भोजन गराइरहेको प्रष्ठिानका केन्द्रिय सचिव विनोदकाजी तुलाधरले जानकारी दिए । प्रष्ठिानका अनुसार पाँच दिनसम्म शाकाहारी खाना खुवाइने छ । आगन्तुक, भन्ते, कोषका कर्मचारीलाई निःशुल्क भोजनदान गराइरहेको तुलाधरले भने । लुुम्बिनी घुम्न आउनेहरुले पनि यहाँ आएर खाना खान सक्नेछन् । तुलाधरले लुम्बिनी क्षेत्रमा शाकाहारी खानालाई प्रमोसन गर्न सकिए बुद्ध जीवनीले सार्थकता पाउने बताए । बुद्धले शान्ति र अहिंसामा जोड…

Read More

कारागारका कैदीलाई बुद्ध शिक्षा बाँड्दै विजयरत्न तुलाधार

विभिन्न आपराधिक कृयाकलाप गरी कारागार पुगोकाहरु प्रति समाजको दृष्टिकोण नकरात्मक रहेको पाइन्छ । धेरैले कारागारमा पुगेकाहरुसँगको संवाद र भेटघाटलाई नै पनि अपराधकै संज्ञा दिन पनि पछि पर्दैनन् । तर काठमाडौँका विजयरत्न तुलाधार भने आफ्नो अपराधको आत्मबोध गरेर कैदी जीवन विताइरहका कैदीबन्दीहरुलाई सत्मार्गमा ल्याउने प्रयासमा जुटेका छन् । उनले बौद्ध शिक्षा तथा सामाजिक विकास केन्द्रमार्फत् लामा गुरु र भन्तेहरु लगेर कारागारमा रहेका कैदीहरुलाई समय समयमा बुद्ध शिक्षा दिने व्यवस्था मिलाउँदै आएका छन् । उनले आफ्नो यो अभियान भद्र बन्दि गृहमा सञ्चालन गर्दै आएका छन् । कोरोना संक्रमणका कारण रोकिएको उनको अभियानलाई…

Read More

म्यानमारबाट २ अर्बभन्दा बढिको बुद्ध मूर्ति ल्याइने

File Photo

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा करिब साढे २ अर्ब रुपैयाँ बराबरको बुद्धमूर्ति राखिने भएको छ । म्यान्मारमा निर्मित १ हजार ८ सय केजी तौल भएको मूर्ति स्पेनस्थित लुम्बिनी गार्डेन फाउन्डेसनको पहलमा राख्न लागिएको हो । म्यान्मारस्थित खानीसम्बन्धी कम्पनी मालविन ग्रुपले फाउन्डेसनलाई २ करोड १६ लाख अमेरिकी डलर बराबरको उक्त मूर्ति सहयोगस्वरूप दिएको थियो । नेपाल सरकारसँग समन्वय गरेर मूर्ति भैरहवा विमानस्थलमा राख्न लागिएको फाउन्डेसनका उपाध्यक्ष गोविन्द सुवेदीले जानकारी दिए । अन्तर्राष्ट्रिय विमानस्थलमा मूर्ति स्थापनासँगै शान्तिका प्रतीक भगवान् गौतमबुद्धका माध्यमबाट नेपाललाई विश्वभर प्रचारप्रसार गर्न थप सहयोग पुग्ने उनले बताए । उनका अनुसार मूर्ति म्यान्मारबाट हङकङ–कोलकाता हुँदै नेपाल…

Read More

मायादेवी मन्दिर खुल्यो

साढे ३ महिनापछि मुलुकको प्रमुख पर्यटकीय गन्तब्य लुम्बिनीस्थित मायादेवी मन्दिर पर्यटकका लागि बिहीवारबाट खुला गरिएको छ । मन्दिर खुलैसँगै बिहानै लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल श्रीमतीसहित आएर पूजाआजा गरेका थिए । मन्दिर खोलिएसँगै आन्तरिक पर्यटकको चहलपहल पनि बढेको छ । बिहीबार मात्रै ५ सय बढी पर्यटकले मन्दिर अवलोकन गरेका छन् । केन्द्रीय नहरमा डुंगा संचालन भएको छ । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर पर्यटकलाई मन्दिर प्रवेश गर्न दिईएकोछ । दर्शकहरूलाइ डेढ-डेढ मिटरको दुरीमा उभिन लगाई लाईन लगाएर ज्वरो नापेर भित्र पठाउने गरिएको छ । मास्क अनिवार्य गरिएको छ । मन्दिर,…

Read More

म्यानमारमा पक्राउ परेका भिक्षु रिहा

म्यानमारको सेनाले विवादित बौद्ध भिक्षु असिन विराथुलाई रिहा गरेको छ । राष्ट्रवादी र मुस्लिमविरोधीको रुपमा चिनिएका उनलाई यसअघिको सरकारले राजद्रोहको मुद्दा लगाएको थियो । विराथु यसअघि पनि सेनाको समर्थकको रुपमा चिनिन्थे । विराथुलाई ‘बुद्धिस्ट बिल लादेन’को उपमा दिइएको थियो । उनले मुस्लिम समुदाय विशेषगरी रोहिंग्यालाई लक्षित गरेर दिने गरेको भाषणको कारण उनलाई उक्त उपमा दिइएको थियो । उनले पछिल्ला केही वर्षमा सैन्य गतिविधिको समर्थन र आङ साङ सुकीलगायतका नेताको विरोध गर्दै आएका थिए । २०१९ मा उनी सरकारविरुद्ध घृणा तथा अपमान फैलाएको आरोपमा पक्राउ परेका थिए । त्यसयता उनीमाथिको मुद्दामा…

Read More

बुद्धलाई बुझ्ने कसरी ?

भिक्षु कश्यप बुद्धलाई भगवान मानिन्छ। भगवान शब्दका कारण ‘अनिश्वरवादी’ बुद्धलाई किन भगवान भनियो भनेर शंका उत्पन्न हुन सक्छ। खासमा बौद्धकालमा भगवान शब्दको अर्थ ‘सृष्टिकर्ता ईश्वर’ भन्नेमा प्रयोग हुन्थेन। पाली भाषामा ‘भग्गो ति रागो भगवा, भग्गो ति दोसो भगवा, भग्गो ति मोहो भगवा’ अर्थात् जसले राग, द्वेष र मोह भगाउन वा हराउन सक्यो, त्यो नै भगवान भन्ने अर्थमा यो शब्द प्रयोग हुन्थ्यो। आज पनि बुद्धलाई भगवान भनेर सम्बोधन गरिने यही अर्थमा हो, न कि सृष्टिकर्ता ईश्वर मानेर। बुद्धको नाम सिद्धार्थ थियो, गौतम गोत्र। सिद्धार्थ गौतमका बुबा शुद्धोधन तथा आमा महामाया थिए,…

Read More

लण्डनमा बन्यो नेपाली बौद्ध गुम्बा

लण्डन शहरको दक्षिण पूर्वमा रहेका बुद्ध धर्म अनुयायी नेपालीले गुम्बा स्थापना गरेका छन् । डायमण्ड बुद्धिष्ट सेन्टर नामक संस्थाको पहलमा बनेको उक्त गुम्बाको क्षेत्रफल एक हजार ६६८ स्क्वायर फीट रहेको सेन्टरका अध्यक्ष सुमलकुमार गुरुङले बताए । कूल दुई लाख ८३ हजार ५०० पाउण्डमा खरिद गरिएको उक्त गुम्बाको भवनका लागि संस्थाले उठाएको रकममा थप अपुग भए पनि केही ऋण लिएर पूरा गरिएको बुद्धिष्ट सेन्टरले जनाएको छ । सन् २०१६ मा स्थापना गरेको यो संस्थामा स्थापना गर्दा केवल २१ जनाबाट गरिएको थियो तर हाल यस संस्थामा ४५१ जना आजीवन सदस्य र १४१…

Read More

वि.सि.सि. लण्डन ब्राञ्चको आयोजनामा तेर्तोन नाम्खा ड्रिम्ड रिन्पोछेको प्रवचन सेप्टेम्बर ५ हुँदै

बुद्धिष्ट कम्यूनिटी लण्डनको आयोजनामा फेब्रुअरी २७ देखि सुरु भएको भर्च्युयल धर्मदेसना र लुंग यही सेप्टेम्बर ५ मा समापन हुँदैछ । समापन कार्यक्रम बेलायतको लण्डनबाट तेर्तोन नाम्खा ड्रिम्ड रिन्पोछे ज्यूबाट प्रवचन आयोजना हुनेछ । सुरु भएयता हरेक २ हप्ताको फरकमा हुँदै आएको कार्यक्रममा नेपालको पोखरा, काठमाडौँ, भारतको सिक्किम र सिंगापुरबाट रिन्पोछे, खेन्पो र धर्मगुरुहरु सहभागि भई भर्च्युयल प्रवचन धर्मदेशना दिनु भएको थियो । अहिलेसम्म १३ पटक भइसकेको धर्मदेशना लण्डनबाट समापन हुँदैछ । समापन कार्यक्रमको नेपाल बुद्धिष्ट न्यूजको अफिसियल फेसबुक र युट्युव च्यानल Nb Tv बाट प्रत्यक्ष प्रशारण हुनेछ । कार्यक्रम जुममार्फत…

Read More