भारतका बौद्ध धर्मगुरु ताइसितुपा रिन्पोछे तीन दिने नेपाल भ्रमणमा आउनु भएको छ । उहाँ तीन दिने नेपाल भ्रमणमा आउनुभएको हो । उहाँ बौद्ध धर्म अन्तर्गत कग्यु समुदायका १२ औं अवतारी धर्मगुरु हुनुहुन्छ । उहाँ नेपालको बौद्धस्थित ठाङ्गु टासी छोलिङ्ग गुम्बाका प्रमुख धर्मगुरु ९० वर्षीय ठङ्गु रिम्पोछेको स्वास्थ्य अवस्था बुझ्न शुक्रवार नेपाल भ्रमणमा आउनुभएको हो ।
उहाँ भारतस्थित काँगडाको हिमाञ्चल प्रदेशबाट नेपाल आउनुभएको बौद्धनाथ क्षेत्र विकास समितिका पूर्व अध्यक्ष सम्पूर्णकुमार लामाले बताउनु भयो । उहाँका अनुसार रिन्पोछेले वि.सं. २०७२ को महाभूकम्पमा परी क्षति भएको बौद्ध स्तुपाको पुनः सिनर्माणमा सहयोग गर्नुभएको थियो । नेपाल भ्रमणका क्रममा उहाँले बौद्ध धर्म गुरुहरुसँग भेटघाट र नेपालका बौद्ध गुम्बाहरुको भ्रमण गर्ने कार्यक्रम रहेको बताउनु भयो । बौद्धगुरु रिन्पोछे २८ वर्षपछि नेपाल आउनुभएको हो ।
भारतका बौद्ध धर्मगुरु ताइसितुपा रिन्पोछे नेपालमा

Share